काठमाडौं / स्वयम्सेवी तथा रक्तदाता अनिल चित्रकारले सय पटक रक्तदान सफलतापूर्वक गरेको अवसरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गत बिहिबार काठमाडौंको न्युरोडस्थित सम्पन्न उक्त कार्यक्रममा भद्रकाली समाज र लायन्स क्लब अफ काठमाडौंका विभिन्न ५ वटा क्लबहरु एलसीके टेम्पल माँ हारती, एलसीके डिभाइन इनर्जी, एलसीके योगाम्बर, एलसीके टेम्पल रेइकी र एलसीके ह्याप्पी क्लबद्धारा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

‘रक्तदान नै जीवनदान हो’ भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै सोही कार्यक्रम मार्फत सयौं पटक रक्तदान गर्नुभएका रक्तदाता तथा आयोजक अनिल चित्रकारले आफुले सय पटक रक्तदान गरेर कसैको जिवन बचाउँन पाएकोमा गौरवान्वित महशुस भएको बताए ।

आफुले सय पटक रक्तदान गर्दा पनि स्वास्थ्यमा कुनै समस्या नआएको र आफु अझै तन्दुरुस्त भएको बताउँदै आयोजक चित्रकारले अरुलाई पनि समय समयमा रक्तदान गरेर रक्तअभाव हुन नदिन गर्न आग्रह गरे ।

सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

रक्तदाता अनिल चित्रकारले सय पटक रक्तदान गरेर तिन सय जनाभन्दा बढी मानिसको ज्यान बचाएकोमा धन्यवाद दिदै अर्का आयोजक तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुहका डिष्ट्रिक चेयर पर्सन लायन केदार न्यौपानेले विगत १७ वर्षदेखि रक्तदान कार्यमा क्रियाशिल भएर नेपाल अधिराज्यभर रगततत्व व्यवस्थापनका लागि लागिपरेको बताए ।

अहिलेसम्म ७० औं पटक रक्तदान गरिसकेका डिष्ट्रिक चेयर पर्सन न्यौपानेले जुनसुकै दुर्लभ समुहको रगत व्यवस्थापन गर्न सक्ने र कसैलाई रगत आवश्यक परे सिधैं आफूलाई सम्पर्क गर्न मिल्ने समेत जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं ३२५ आई नेपालका प्रमुख सल्लाहकार लायन पार्वती खरेल पाण्डेले रक्तअभावको बेलामा यस्ता महत्वपुर्ण सामाजिक कार्यक्रम आयोजना गरेकोमा आयोजक क्लबहरुप्रति आभार प्रकट गरिन् ।

लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्सका चार्टर प्रेसिडेन्ट लायन बिना श्रेष्ठले कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिदै ३–३ महिनामा खेर जाने रगतलाई दान गरेर कसैको जिवन बचाउन आग्रह गरिन् ।

सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

रञ्जना व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं रञ्जना सिस्टर्स मिलेर हरेक ३–३ महिनामा रक्तदान कार्यक्रम संञ्चालन गर्दै आईरहेको र आगामी दिनहरुमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरी यस्ता कार्यक्रमहरु निरन्तर गर्दै जाने प्रतिबद्धता चार्टर प्रेसिडेन्ट श्रेष्ठले जनाइन् ।

त्यस्तै कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ३२५ डिष्ट्रिक आइका रिजन चेयर पर्सन लायन संगिता शर्माले यस्तो सामाजिक कार्यक्रमको आयोजना गर्नुहुने आयोजकप्रति आभारप्रकट गर्दै आफूले पनि रक्तदान गर्ने मौका पाएको बताइन् ।

रक्तदान गर्नुभनेको राष्ट्रको लागि नै योगदान गरेको प्रष्ट पार्दै रिजन चेयर पर्सन शर्माले सबैलाई रक्तदान गर्न आग्रह गरिन् ।

लायन्स क्लब अफ काठमाडौं ३२५ डिष्ट्रिक आइका डिष्ट्रिक अफिसर तथा आयोजक लायन जिवन महर्जनले विगत ३ वर्षदेखि क्लबले यस्ता कार्यक्रम गर्दै आएको र हागामी दिनमा समेत निरन्तरता दिने जानकारी दिए ।

सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

त्यस्तै अर्का आयोजक दिपक महर्जनले यस्ता कार्यक्रम विशुद्ध सामाजिक हितको लागि गरिने भएको हुनाले यस्ता कार्यक्रमहरुले बिरामीहरुको लागि आवश्यक रगत सहज रुपमा परिपूर्ति गर्ने बताए ।

नेपालमा संकलन हुने जम्मा रगतमध्ये ३० प्रतिशत रगत लायन्स क्लबले जम्मा गरेको बताउँदै लायन्स क्लब अफ काठमाडौं डिभाइन एनर्जीका भाइस प्रेसिडेन्ट लायन हेमलक्ष्मी श्रेष्ठले रक्तदान गर्ने व्यक्ति एकदमै स्वास्थ्य हुने भएकाले सबैलाई रक्तदान गर्न सुझाव दिइन् ।

लायन्स क्लब अफ काठमाडौं ३२५ डिष्ट्रिक आइका डिपार्टमेन्ट चिफ लायन हेमराज बरालले लायन्स क्लबले अग्र रुपमा अगाडि बढेर सामाजिक हितका कार्यक्रमहरु गर्दै आईरहेको र ३२५ डिष्ट्रिक आइमा मात्रै ५ हजार पिन्ट रगत जम्मा गर्ने लक्ष्य रहेको जानकारी दिए ।

सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कार्यक्रममा बोल्दै पूर्व ससस्त्र प्रहरी बरिष्ठ उपरिक्षक तथा आयोजक महेश कुमार श्रेष्ठले आफूले ३० वर्ष ससस्त्र प्रहरीमा रही राष्ट्र र मानवसेवा गरेको र आगामी दिनहरुमा पनि मानवीय सेवामा सक्रिय सहभागिता रहने बताए ।

लायन्स क्लब अफ काठमाडौंसँग आवद्ध क्लबहरु विसुद्ध सामाजिक हितमा काम गर्नका लागि स्थापना भएको हो । समाजमा आइपर्ने समस्याहरुलाई समाधान गर्दै आईरहेको यी क्लबहरुले बिगत लामो समयदेखि सामाजिक हितमा काम गर्दै आइरहेका छन् रक्तदान, खाद्यन्न लत्ताकपडा वितरण, प्राकृतिक विपत्तिमा सहयोग, सडक सरसफाई जस्ता थुप्रै सामाजिक कार्यहरुमा अग्र भुमिका रहेको छ र आगामी दिनहरुमा पनि निरन्तर यस्ता कार्यहरु गर्दै जाने प्रतिबद्धता समेत यी क्लबहरुको रहेको छ ।

सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
सय पटक रक्तदान गरेको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न