सेनाले माग्यो डाक्टर-पाइलटसहित झन्डै दुई सय कर्मचारी
- चैत्र १४, २०७८
- 0
नेपाली सेनाले लेखा उपसेनानी, प्राडा उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ।
लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने चार जना प्राड उपसेनानी माग भएको हो। यस्तै चार जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ।
समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो।
आजदेखि ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने एक हजार रूपैयाँ लाग्नेछ।
उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
0 प्रतिक्रिया
बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एशोसिएसन अफ नेपालको २३ औं […]
अप्राकृतिक भएकै कारण अब ओली सरकार चल्दैन : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्राकृतिक भएकाले अब एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नचल्ने बताएका छन् […]
सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई अर्थमन्त्रीको आग्रह
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । नेपाल निर्माण उद्योग परिषद्को प्रतिनिधिसँगको […]
‘लागूऔषध सेवन, आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण’ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार महेन्द्रनगरमा एन प्याब्सन कञ्चनपुरले […]
ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना कार्यान्वयनमा इप्पानको जोड
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ल्याएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजनाको प्रभावकारी रुपमा कार्यान्वयन गर्न सुझाव दिएको छ । […]