नेपाल वैदेशिक रोजगार व्यवसायी संघको संयोजक तोकिएका विमल प्रसाद ढकालले पदभार ग्रहण गरेका छन । संघका पूर्वअध्यक्षसमेत रहेका ढकालले संघको कार्यालय बत्तिसपुतलिमा बुधबार एक समारोहकाबीच पदभार ग्रहण गरेका हुन ।

संघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गराउन तथा निर्वाचन नभएसम्मका लागि संघको तर्दथ कार्यसमिति बनाई दैनिक कार्य संचालन गर्न भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले ढकाललाई संयोजक तोकेको होे ।

गत पौष ३० गते २९ औ साधारणसभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन मिति तोकेको संघले सहमतिबाटै नेतृत्व चयन गर्न गरेको प्रयास विफल भएपछि अन्तिम समयमा आएर कोरोनाको कारण देखाउदै साधारणसभा र निर्वाचनको प्रक्रिया स्थगित गरेको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघको संयोजक तोकिएका ढकालद्धारा पदभार ग्रहण

कोभिडका कारण निर्वाचन गर्न नसकिने भन्दै जिल्ला प्रशासन कार्यालयमा जानकारीसहित निवेदन दर्ता भएपछि साधारणसभा र निर्वाचन सम्पन्न गर्न तथा दैनिक कार्यसंचालनका लागि ढकालको संयोजकत्वमा तर्दथ कार्यसमिति चयन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौले निर्देशन दिएको हो ।

पदभार समारोहमा संयोजक ढकालले तर्दथ समितिप्रति सम्पूर्ण व्यवसायीहरुको सहयोग रहने अपेक्षा गरेको बताउदै समयमै साधारणसभा र निर्वाचन सम्पन्न गरेर जतिसक्दो चाडो नयाँ कार्यसमितिलाई संघको कार्यभार सुम्पिने प्रतिवद्धता व्यक्त गरे ।

‘अब व्यवसायीका हातमा विधानको मस्यौदा तयार गरेर पठाउछौ र उहाँहरुले मस्यौदा अध्ययन गरेर दिएको सुझाव समावेश गरेर विधानलाई अन्तिम रुप दिनेछौ’ संयोजक ढकालले भने –‘विधानलाई साधारणसभाबाट पास गराएर जिल्ला प्रसासन कार्यालयबाट अनुमोदन गराएर जतिसक्दो चाडो निर्वाचन सम्पन्न गर्नेछौ ।’

वैदेशिक रोजगार व्यवसायी संघको संयोजक तोकिएका ढकालद्धारा पदभार ग्रहण

संघका पुर्बअध्यक्ष प्रेम कटुवालले अहिलेको विषम परिस्थितीमा संघको निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाएकोमा संयोजक ढकाललाई बधाईसहित कार्यसफलताको शुभकामना दिएका थिए । ‘समयमै र सही हिसावले नेतृत्व चयन गर्न सफलता मिलोस’ उनले भने –‘छोटो समयमा धेरै जिम्मेवारी छ, यसका लागि सबै व्यवसायीको साथ–सहयोग चाहिन्छ र त्यसका लागि हामी पनि प्रतिवद्ध छौ ।’

सो अवसरमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष नरेन्द्र ढकाल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चका महासचिव डिकबहादुर खत्री (कुमार) लगायतका व्यवसायीहरुले पनि सफल कार्यकालसहित समयमा निर्वाचन गरेर नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्नका लागि शुभकामना दिएका थिए ।