श्रममन्त्रीको तलबभत्ता पुर्कोट कालिका क्याम्पसलाई

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नो तलबभत्तावापतको रकम तनहुँको भानु–९ स्थित पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई प्रदान गरेका छन ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखि नै तलबभत्तावापतको रकम विभिन्न सङ्घसंस्थालाई सहयोग गर्दै आएका मन्त्री श्रेष्ठले पुर्कोट कालिका बहुमुखी क्याम्पसलाई आफ्नो तलबभत्तावापतको रु ५० हजार प्रदान गरेका हुन । उक्त रकम नेकपा ९एकीकृत समाजवादी०का स्थानीय कार्यकर्तामार्फत क्याम्पस सञ्चालक समितिका अध्यक्ष दुर्गाबहादर राउतलाई हस्तान्तरण गरिएको छ ।

मन्त्री श्रेष्ठले गृहजिल्लाका शैक्षिक संस्था, स्थानीय युवा क्लब, आमा समूहलगायत सामाजिक संस्थालाई तलबभत्तावापतको रकम सहयोग गर्दै आएका छन । उनले चुनावमा उम्मेदवार हुँदा नै तलबभत्ता नलिने घोषणा गरेका थिए ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *