प्याराडाइज इन्टरनेशनल बन्यो पुष महिनामा धेरै कामदार विदेश पठाउने मेनपावर

news-details

ललितपुरको बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि पुस महिनामा धेरै कामदारको श्रम स्वीकृति निकाल्ने मेनपावर कम्पनीको शीर्ष स्थानमा रहेको छ । उक्त मेनपावरले पुस महिनामा ५ सय ३१ कामदारको श्रम स्वीकृति निकाले हो ।

कात्तिक महिनामा पनि उक्त म्यानपावर कम्पनीले ८ सय ४६ पुरूष र ८३ महिला गरी ९ सय २९ जनाको अन्तिम श्रम स्वीकृति निकालेर सूचीको पहिलो स्थानमा रहेको थियो । मंसिरमा ६ सय १२ कामदारको श्रम स्वीकृति निकाल्दा उक्त कम्पनी सूचीको तेस्रो स्थानमा थियो ।

कतार, यूएई, साउदी लयातका देशमा कामदार पठाउने प्याराडाइज मेनपावरले सरकारी प्रकृया पुरा गरी आकर्षक रोजगारीमा नेपालीलाई उडाइरहेको छ ।

मंसिर महिनामा ७ सय ११ कामदारको श्रम स्वीकृति निकाल्दै धेरै कामदार पठाउने म्यानपावर कम्पनीको सूचीमा पहिलो स्थानमा रहेको अक्सफोर्ड इण्टरनेशनल प्रा.लि. पुसमा ४ सय २९ जनाको श्रम स्वीकृति निकाल्दै चौथो स्थानमा रहेको छ । ५ सय २ जनाको श्रम स्वीकृति निकालेको लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लि. पुस महिनामा सूचीको दोस्रो स्थानमा, ४ सय ८५ जनाको श्रम स्वीकृति निकालेको फजल तेस्रो, ४ सय २९ जनाको श्रम स्वीकृति निकाल्दै एसओसएस सर्भिसेज प्रा.लि पाँचौं स्थानमा रहेको छ ।

छैठौं स्थामा रहेको अञ्जली ओभरसिज प्रा.लि.ले ३ सय ३० दना, सातौं स्थानमा रहेको साउण्डलाइन्स रिक्रुटमेन्ट प्रा.लि.ले ३ सय १३ जना, आठौं नम्बरमा रहेको भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.ले ३ सय ७ जना, नवौं नम्बरको अल सहिद ओभरसीज प्रा.लि.ले २ सय ९२ जना र दशौं नम्बरमा रहेको कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.ले २ सय ९२ जनाको श्रम स्वीकृति निकालेका छन् ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *