सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको अध्यक्षमा थापा

news-details

आप्रवासनको क्षेत्रमा कार्यरत २८ वटा गैरसरकारी संस्थाहरूको छाता संगठन सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जाल (NNSM)को अध्यक्षमा हरि बहादुर थापा (सहयोगी समाज नेपाल) चयन भएका छन ।

सञ्जालको १४ औं वार्षिक साधारण सभाले वैदेशिक रोजगार पत्रकार समाजका निवर्तमान अध्यक्षसमेत रहेका थापाको अध्यक्षतामा सर्वसम्मतीले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा चिरन्जीवी बराल (नेपाल विकास अध्ययन संस्थान-निडस), महासचिवमा कृष्ण प्रसाद न्यौपाने (पिपुल फोरम), कोषाध्यक्षमा चाँदनी राना (एबिसी नेपाल), तथा सदस्यहरुमा पविता अधिकारी (महिला, कानून तथा विकास मञ्च), सविता पोखरेल (ओरेक नेपाल), उमा तामांग (माइती नेपाल), प्रकाश मडै (NEEDS नेपाल) र निर्मल उप्रेती (FNB नेपाल) चयन भएका छन ।

२०६५ सालमा स्थापित यस सञ्जालले आप्रवासनलाई सुरक्षित मर्यादित एवं व्यस्थित बनाउने र आप्रवासी श्रमिकहरूको अधिकारलाई स्थापित गर्न स्थापना कालदेखि निरन्तर रुपमा पैरवी गर्ने, सञ्जालीकरण गर्ने तथा सरोकारवाला निकायहररूसँग समन्वय एवं सहकार्य गर्दै आइरहेको छ ।

उक्त साधारण सभामा संस्थाको सञ्जाल विस्तार गर्ने, आप्रवासन क्षेत्रमा काम गर्ने संस्थाहररूको दाहोरोपना घटाउन काम गर्ने, तथ्यमा आधारित वकालत गर्ने, सदस्य संस्थाहरूको क्षमता विकास गर्ने, सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य एवं खबरदारी गर्ने जस्ता विषयहरूलाई प्राथमिकताका साथ छलफल गरिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *