संघमा नेतृत्व चयनका लागि मनोनयन दर्ता, अध्यक्षमा गुरुङ र भान्तनाको उम्मेदवारी (नामावलीसहित)

सहमतिका बाबजुद प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र महासचिव पदमा वाहेक अन्यमा बढी उम्मेदवारी दर्ता
news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही पुस ३० गते हुने नयाँ नेतृत्व चयनको निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सम्पन्न भएको छ ।

आगामी कार्यकालका लागि सर्वसम्मत नेतृत्व चयन गर्ने पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थाहरुको सहमतिका बाबजुद प्रथम उपाध्यक्ष, द्धितिय उपाध्यक्ष र महासचिव पदमा वाहेक अन्यमा आवश्यक्ता भन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।

सहमति अनुसार अध्यक्ष पाएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनकातर्फबाट भुवनसिंह गुरुङले उम्मेदवारी दर्ता गर्दा सोही पदमा गणतान्त्रिक वैदेशिक रोजगार व्यवसायी मञ्चका पूर्वअध्यक्ष एव संघका पूर्व प्रथम उपाध्यक्ष राम प्रसाद भान्तनाको पनि उम्मेदवारी दर्ता भएको छ ।

संघ कार्यसमितिमा अध्यक्षसहित दुई पदाधिकारी र पाँच सदस्य पाएको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गुरुङसहित सचिवमा प्रज्ञान न्यौपाने, कोषाध्यक्षमा नरेन्द्र प्रसाद ढकाल र सदस्यहरुमा नवीन पोखरेल,चन्द्र लिम्बू ,दिपेन्द्र श्रेष्ठ र मोहम्मद जुनैदको मनोनयन दर्ता गराएको हो ।

यस्तै प्रथम उपाध्यक्षसहित तीन सदस्य पाएको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री र सदस्यहरुमा मिलन कट्टेल, सोमबहादुर तामाङ र
द्वितीय उपाध्यक्ष र दुई सदस्य पाएको गणतान्त्रिक मञ्चका तर्फबाट द्वितीय उपाध्यक्षमा परमेश्वर अधिकारी र सदस्यमा केदारनाथ अधिकारी‘दिपेन्द्र’को मनोनयन दर्ता भएको छ ।

तृतीय उपाध्यक्षसहित कार्यसमितिमा एक सदस्य पाएको समाजवादी वैदेशिक रोजगार व्यवसायी संघले तृतीय उपाध्यक्षमा अख्तर हुसेन र सदस्यमा प्रेमराज लावतीको मनोनयन दर्ता गराएको छ ।

यस्तै महासचिवसहित ३ सदस्य पाएको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबाट महासचिवमा मधुकर रिजाल तथा सदस्यहरुमा अनिल बोगटी, कामेश्वर साह (राहुल)र गणेश कुँवरको उम्मेदवारी दर्ता भएको छ ।

पाँच प्रमुख राजनीतिक दल निकट व्यवसायीको संस्थागत प्रतिनिधित्व हुने गरी पद बाँडफाँड गर्ने सहमति भएपनि अध्यक्षमा भान्तनासहित तृतीय उपाध्यक्षमा कर्णराज कटुवाल, सचिवमा केशव राज न्यौपाने, कोषाध्यक्षमा इन्दिरा गुरुङको पनि मनोनयन दर्ता भएको छ । यस्तै सदस्यहरुमा १९ जनाको मनोनयन दर्ता भएको छ ।

मनोनयन फिर्ताको समयावधीसम्म बढी उम्मेदवारी परेका पदहरुबाट उम्मेदवारी फिर्ता भए सहमतिमै नेतृत्व चयन हुने छ अन्यथा उक्त पदहरुमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।

मनोनयन फिर्ताको समय पुस २७ गते दिउसो १० बजेदेखि २ बजेसम्म निर्धारण गरिएको छ भने ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूचि रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *