विदेश जानेलाई खोपमा प्राथमिकता, यी अस्पतालमा दिइन्छ खोप

news-details

सरकारले विदेश जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको छ ।

सरकारले सैनिक अस्पताल छाउनी, शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीर अस्पताल, निजामती अस्पताल बानेश्वर, प्रसूति गृह थापाथली र टेकु अस्पतालबाट खोप लगाउन पाइने जनाइएको छ ।

टेकु खोप महाशाखाका प्रमुख सागर दाहालका अनुसार यी सात अस्पतालबाट जोन्सनसँगै कोभिसिल्ड र भेरोसेलको खोप पनि पाइन्छ । जोन्सन खोप भने विदेश जानेलाई प्राथमिकतामा राखेर दिन थालिएको छ ।

जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुने भएकाले विदेश जानेले यही खोप खोज्ने गरेका छन् । गएको बिहीबार नेपालमा जोन्सन एन्ड जोन्सन खोप थप २१ लाख ७६ हजार ६५० मात्रा ल्याएपछि ती अस्पतालबाट खोप दिन थालिएको हो ।

यसअघि अमेरिकाबाट आएको यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक तथा अपाङ्गता भएका व्यक्ति, नेपालमा बसोबास गर्ने शरणार्थी, स्वास्थ्यकर्मी र सफाइकर्मीलाई दिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *