श्रम मन्त्रीलाई एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठनको १२ बुँदे ज्ञापनपत्र
- मंसिर २९, २०७८
- 0
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)लाई एकिकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले वैदेशिक रोजगारको क्षेत्र सुधारका लागि १२ बूँदे ज्ञापनपत्र बुझाएको छ ।
श्रम मन्त्रालयमा बुधबार संगठनका अध्यक्ष सन्तकुमार लामा र महासचिव मधुकर रिजालसहितका व्यवसायीले मन्त्री श्रेष्ठलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा एकिकृत व्यवसायी संगठनका साथै गणतान्त्रिक व्यवसायी संघका व्यवसायी तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
मन्त्री श्रेष्ठले ज्ञापनपत्र बुझ्दै व्यवसायीले दिएका सुझाव मन्त्रालयका लागि माइलस्टोन बन्ने बताए । मन्त्री श्रेष्ठले भने–‘ व्यवसायीलाई लाग्ने गरेको मानव तस्कर होइन, अव देशका लागि टेवा पु¥याउने सारथी वा सम्मानित व्यवसायी बनाउन मन्त्रालय लाग्नेछ ।’
मन्त्री श्रेष्ठले कानूनले तोेकेको भन्दा बाहिर गएर युवालाई ठगी गर्ने व्यवसायीलाई भने पानी मुनि गएपनि नछोड्ने बताए । ‘व्यवसायीहरु छातिमा हात राखेर गलत गर्दिन भनेर कसम खानुहोस्, सरकार पनि सहयोग गर्न तयार छ’ मन्त्रीको भनाई छ ।
व्यवसायी संगठनले संझौतापत्र कार्यान्वयन गराई श्रमीकको हकहित संरक्षण, अंग भंग वा मृत्यु भएका श्रमीकको हकहित संरक्षण, श्रम सम्झौता गर्ने तथा न्युनतम पारिश्रमिक तोक्ने, मलेशिया तथा जापान रोजगारीका सम्वन्धमा, वैदेशिक रोजगार कल्याणकारी कोषको रकम उपयोग, घरेलु श्रमीक, कोभिड–१९ विरुद्धको खोप, पूर्व तथा अन्तिम श्रम स्वीकृती, स्वास्थ्य परिक्षण गर्ने संस्था तथा कतार भिषा सेन्टरको नियमन, मागपत्र प्रमाणिकरण सम्वन्धि समस्या, FEIMS मा देखिएका समस्या समाधान, सेवा शुल्क परिमार्जन, छुट्टाछुट्टै इजाजतपत्र लिनु पर्ने व्यवस्थाको अन्त्य, धरौटी, वार्षिक १ सय संख्या श्रमिक पठाउनु पर्ने व्यवस्था तथा संयुक्त संयन्त्र निर्माणको गर्ने विषयमा बुदागतरुपमा ज्ञापनपत्र पेश गरेको हो ।
‘वैदेशिक रोजगार व्यवसाय आफँैमा महत्वपूर्ण रहेको र यससँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायी तथा श्रमीकका समस्याहरुलाई समाधान नगरिएमा देशको अर्थतन्त्र र मानविय पूजिँमा समेत गम्भीर असर पर्ने, रोजगारदाता मुलुकसँगको सम्बन्ध विग्रने र व्यवसायीले समेत आत्मसम्मान र गौरवका साथ व्यवसाय गर्न नसक्ने अवस्थामा सो को प्रत्यक्ष भार श्रमीकमा पर्न जाने भई ब्यवसाय संचालन गर्न नसकिने धरातलिय यथार्थ रहेकाले माथी उल्लेखित समस्या समाधानका लागि वैदेशिक रोजगार ब्यवसायलाई ब्यवस्थीत र मर्यादित गर्न प्राविधक शिक्षा तथा ब्यवसायीक तालिम परिषद, वैदेशिक रोजगार कल्याणकारी कोष, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार न्यायाधिकरण, वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड लगायतका सबै सरकारी संयन्त्रहरुको प्रभावकारी परिचालन गर्न अनुरोध गर्दछौ’ संगठनले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।
साथै संगठनले वैदेशिक रोजगार व्यवसायको क्षेत्रलाई ब्यवस्थित र मर्यादित गर्नका लागी आफ्नो तर्फवाट नेपाल सरकारलाई इमान्दारीपूर्वक साथ, सहयोग र हातेमालो गरी अघि वढने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।