इजरायल जाने सबैको स्वास्थ्य परीक्षण

news-details

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ ।

यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक २९ देखि मङ्सिर ५ सम्म ५०० स्वास्थ्य परीक्षण गरिसकेका छन् ।

इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसङ्ख्या तथा अध्यागमन निकाय (पिवा)द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनोट भएका एक हजार १७५ को नाम सार्वजनिक गरेको थियो । विभागले तोकिएका युवाको स्वास्थ्य परीक्षणको काम पूरा भएपछि सो रिपोर्ट इजरायलको पिवामा पठाउने र त्यहाँबाट रोजगार सम्झौताको प्रक्रिया अघि बढ्नेछ ।

विभागका स्वास्थ्य परीक्षणका लागि स्टार अस्पताल सानेपा, हेम्स अस्पताल मण्डिखाटार, नेपाल मेडिसिटी अस्पताल भैँसेपाटी र मनोमहन मेमोरियल मेडिकल कलेज स्वयम्भूमा स्वास्थ्य परीक्षण गर्न सकिने जनाइएको छ । स्वास्थ्य परीक्षण गर्नका लागि प्रतिव्यक्ति आठ हजार ९०० रुपियाँ लाग्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *