श्रमग्राममा श्रम मन्त्रीको आकस्मिक अनुगमन ..(भिडियोसहित)

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले ताहाचलस्थित वैदेशिक रोजगार श्रम कार्यालय (श्रमग्राम)मा आकस्मिक निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले श्रमग्राम ताहाचलमा पुगेर त्यहाँको सेवाप्रवाहका बारेमा जानकारी लिएका थिए ।

श्रम कार्यालयमा बिचौलियाको धेरै चलखेल हुने गुनासो बढेपछि मन्त्री श्रेष्ठले छड्के निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले गुनासो नआउने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिँदै २४ घण्टाभित्र परिवर्तन गरेर देखाउन आदेश दिएका छन् ।

मन्त्रीले श्रेष्ठले महिला र पुरुषलाई छुट्टाछुट्टै लाइनमा राखेर श्रम स्वीकृति दिन, सेवाग्राहीको गुनासो सुन्न हेल्प डेस्क राख्न, कागजात पुगेका सेवाग्राहीको तत्काल आवेदन लिन र छिटो छरितो सेवाका लागि आवश्यक उपकरण थप्न निर्देशन दिएका छन् । उनले कार्यालयमा भोगेका समस्याबारे सेवाग्राहीसँग पनि जानकारी लिएका थिए ।

भिडियोमा हेर्नुहोस्

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *