श्रममन्त्री श्रेष्ठ र नेपालका लागि इजरायली राजदुत गोदरबीच भेटवार्ता, रोष्टरमा बाँकी रहेकालाई पनि लैजान आग्रह

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायलका राजदुत हनान गोदरबीच भेटवार्ता भएको छ ।

मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको जनाइएको छ । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालिन सेवाकेन्द्रमा सहायक कामदार (केयरगिभर) को रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

केयर गिभरमा इजरायल जानका लागि छनौट भएका कामदारको अहिले स्वास्थ्य परीक्षण तथा प्रहरी रिपोर्ट तयार हुँदैछ । उनीहरु केही समयभित्रमा नै इजरायल उड्ने जनाइएको छ । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न राजदूत गोदरलाई आग्रह गरे ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन अनुरोध गरेका छन् । मन्त्री श्रेष्ठले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणमा सहयोग पु¥याएको बताएका छन् ।

सो अवसरमा राजदुत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताए । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य मुलुकको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली कामदार इजरायलमा कार्यरत छन ।

नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायलसँग कुटनीतिक सम्वन्ध स्थापित गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश हो । इजरायलली नागरिकले नेपालको पर्यटन प्रवद्र्धनमा पनि योगदान पु¥याएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *