मानव बेचबिखनको अभियोगमा पोखराबाट दुई पक्राउ
- कार्तिक ९, २०७८
- 0

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पोखराको लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलालाई काममा लगाइ दिन्छु भनि प्रलोभन तथा डरत्रास देखाइ यौन शोषण गर्न लगाउने गरेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा–१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका १ कोल्बीका २६ वर्षीय ऋषि भट्टलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
-रासस
0 प्रतिक्रिया
धवलशमशेरलाई ३ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन […]
दिलभुषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन आदेश

उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतबाट दिलभुषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ […]
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग प्रदान

संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आइरहनु भएकी संखुवासभा कम्युनिटी अफ युएसएकी अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले संखुवासभा […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]