इजरायल रोजगारी :‘केयरगिभर’मा जान योग्य १६०० जनाको नाम ‘पिआइबीए’मा सिफारिस (सूचिसहित)
- रोजगारमञ्च
- अशोज १०, २०७८
- 0
वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जान योग्य ‘केयरगिभर’ का लागि एक हजार छ सय जनाको नाम सिफारिस गरेको छ।
भाषा परीक्षा उत्तिर्ण भई निर्धारित मापदण्ड पुरा गरेर अन्तवार्तामा सहभागी भएका १ हजार ८ सय ३ जना उम्मेदवारहरुमध्ये नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष गरी एक हजार छ सय जनाको नाम इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पिआइबीए) लाई सिफारिस गरेको विभागले आज एक सुचना प्रकाशित गर्दै जानकारी दिएको छ ।
विभागले यसअघि गत भदौ २८ गते भाषा परीक्षा, असोज १ देखि ३ गतेसम्म उचाई र तौल मापदण्ड परिक्षण तथा असोज ४ देखि ९ गतेसम्म अन्तर्वार्ता सम्पन्न गरेको थियो ।
अब विभाागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले इजरायल जाने केयरगिभरको नाम छनोट गर्नेछ।
पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।
विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ।