अमेरिका हिँडेका झण्डै ६० जना नेपालीहरू जर्मनीमा पक्राउ

news-details

जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा झण्डै ६० जना नेपालीहरू पक्राउ परेका छन् ।

अमेरिका छिर्न भनेर गएका नेपालीहरूलाई जर्मन प्रहरीले पक्राउ गररेको हो । उनीहरू काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानूनी रुपमा अमेरिका छिर्न खोजेका थिए ।

पक्राउ पर्नेमा यही रुटबाट मेक्सिको पुगेपछि प्रहरीले फ्रयांकफर्ट फर्काइदिएका र मेक्सिको उड्ने तयारीमा छन् ।

जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काले मेक्सिकोबाट डिपोर्ट भएकालाई मस्को फिर्ता पठाउने बताए ।

विमानस्थलको ट्रन्जिटस्थित प्रहरी नियन्त्रणमा रहेकामध्ये एक नेपालीले सुरक्षाका कारण आफ्नो नाम नखुलाइदिन आग्रह गरेका छन् ।

पक्राउ परेकाहरू आफन्तको विशवासमा परेर उनीहरूले अमेरिका छिर्नका लागि जनही ३८ लाख रुपियाँ तिरेका छन् ।

राजदूत खड्काले जर्मनीको सुरक्षा एजेन्सीसँग सम्पर्क गर्दा १८ जना नेपाली जर्मन प्रहरीको नियन्त्रणमा रहेको बताएका छन् ।

पक्राउ परेकामध्ये ६ जनासँग जापानको नक्कली भिसा भएकाले शंका लागेर समूहका सबैलाई नियन्त्रणमा लिइएको जर्मन सुरक्षा संस्थाले जानकारी दिएको छ ।

फ्रयांकफर्ट विमानस्थलमा कार्यरत श्याम खनालले १८ जनासहित मेक्सिकोबाट फर्काइएका र मस्कोदेखि मेक्सिको जान उडेका अन्य नेपालीसमेत गरी करिब ६० जना रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *