एकीकृत बैदेशिक रोजगार व्यवसायी संगठन गठन, संघका पूर्वउपाध्यक्ष गैरे समाजवादीमा प्रवेश

news-details

नेकपा एकीकृत समाजबादी समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको भेलाले एकीकृत बैदेशिक रोजगार व्यवसायी संगठन नेपाल गठन गरेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा आयोजित उक्त भेलाले सन्त कुमार लामा (बज्र हयुमन रिर्सोस)को अध्यक्षतामा संगठनको नयाँ कार्यसमिति गरेको हो ।

भेलाले संगठनको बरिष्ठ उपाध्यक्षमा वाई.वि.राई (इन्टरनेशनल मेनपावर), उपाध्यक्षमा बाबुराम खड्का (सुप्रिम ओभरसिज), अन्जुला यादव (मिथिला इन्टरनेशनल), अर्जुन सापकोटा (जब्सपट इन्टरनेशनल) महासचिवमा मधुकर रिजाल (इम्प्लोइमेन्ट लिंक नेपाल), उपमहासचिवमा नवराज लुइटेल (ओमेगा इन्टरनेशनल) र मोहन बहादुर स्याङवा (पर्फेक्ट डेस्टिनेशन), सचिवमा टक्कर पाख्रीन (अजम्बरी ओभरसिज), अनिल बोगटी (कन्फिडेन्ट एच.आर.), शेखर श्रेष्ठ, केदार राई (प्रितम इम्प्लोइमेन्ट) र बसन्त कार्की (क्वालिटी इन्टरनेशनल सर्भिसेज), कोषाध्यक्षमा सरस्वती सुबेदी (आसिन ओभरसिज) चयन गरेको छ ।

सदस्यहरुमा विन्देश्वर यादव (सुफि इन्टरनेशनल), राहुल शाह ‘कामेश्वर’ (आयुष ओभरसिज), रोहित दुलाल (फेलिसिटी इन्टरनेशनल), तोहिद मोहमद (अलकरिम हयुमन रिर्सोस), सुर्य चौधरी (न्यूलाइट इन्टरनेशनल), भुवन सिंह पून (हित ओभरसिज), जयनाथ शाह (सोनि इन्टरनेशनल रिक्वाइरमेन्ट सर्भिस), ईश्वर श्रेष्ठ (माहाद मेनपावर), ब्रमदेव राय यादव (नेपाल एच.आर), शिव बहादुर कुँवर (बोन मेनपावर), राधा मोहन प्रसाद जैसवाल (एस.आर. ग्रुप नेपाल), सुरेश महत (अर्थ भिजन), समद शाह (जे.वि.आर एशोसिएट), पुर्वबहादुर लिम्बु (डाईनामिक एच.आर), सुनिल के.सी. (एस.आर ग्रुप एच.आर कन्सल्टेन्सी), मनकाजी तामाङ्ग (एन.एस. इन्टरनेशनल) र माधव सिंह बोहोरा (युनिभर्सल एचआर सोलुसन) चयन भएका छन ।

यसैगरी संगठनको सल्लाहकारमा ज्ञानु गैरे (रारा ईम्प्लईमेन्ट), कमल प्रसाद सापकोटा (के.एल.ईम्प्लईमेन्ट सर्भिस), तिला काफ्ले (न्यु वोल्ड ओभरसिज) र गोपाल भण्डारी (बेस्ट एच.आर.सोलुसन प्रा.लि.) चयन भएका छन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीले सबै तहको संगठन विस्तारलाई तिब्रता दिइरहदा वैदेशिक रोजगार व्यवसायीहरुको संगठन गठनले आफु थप उत्साही बनेको बताए । उनले सो अवसरमा वैदेशिक रोजगारमा जाने कामदारहरुलाई ठगि नर्गन र मर्यादित भएर व्यवसाय गर्न पनि निर्देशन दिए ।

संघका पूर्वउपाध्यक्ष गैरे समाजवादीमा प्रवेश

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष तथा नेपाली कांग्रेस समर्थित व्यवसायी ज्ञानु गैरे नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन । अध्यक्ष माधव कुमार नेपालको हातबाट टिका लगाउदै समाजवादीमा प्रवेश गरेका गैरेलाई आजै नवगठित एकीकृत बैदेशिक रोजगार व्यवसायी संगठन नेपालले सल्लाहकारमा चयन गरेको छ ।

गैरेले वैदेशिक रोजगार व्यवसायीले भोग्दै आएका समस्या समाधान र व्यवसायीक हकहितको विषयलाई एकीकृत समाजवादी पार्टीले गम्भिरतापूर्वक लिनेमा आफु विश्वस्त रहेको बताउदै यसका लागि आफु प्रतिवद्ध भएर लागिपर्ने बताए ।

संघमा उपाध्यक्षको कार्यकाल पछि अध्यक्षको दावी गर्दै आएका गैरेलाई कांग्रेस समर्थित व्यवसायीहरुको संस्थाले नपत्याएपछि निराश भएका गैरे संघको आगामी निर्वाचनमा नेतृत्वको आकांक्षासहित समाजवादी पार्टीमा गएको व्यवसायीहरुमाझ चर्चा छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *