इजरायल जाने कामदारको भाषा परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
- भदौ २९, २०७८
- 0
इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको अंग्रेजी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
हिजो सोमबार भएको भाषा परीक्षाको नतिजा आज मंगलबार नै सार्वजनिक भएको हो ।
सात हजार सात जना सहभागी भएको परीक्षामा २ हजार ३९ जना पास भएका छन् । त्यसमध्ये १३९५ जना महिला र ६४४ जना पुरुष छन् ।
परीक्षामा सहभागी हुन ९ हजार ६९९ जनाले आवेदन दिएकोमा ७ हजार ९ जनाले परीक्षाका लागि प्रवेश पत्र बुझेका थिए । त्यसमध्ये परीक्षामा ६ हजार ३१७ जना परीक्षामा सहभागी भएका थिए भने ६९२ जना अनुपस्थित रहेका थिए । वैदेशिक रोजगार विभागले काठमाडौंका विभिन्न ११ स्थानका १६ परीक्षा केन्ऽमा परीक्षा लिएको थियो ।
अब भाषा परीक्षा पास भएकाहरुको अन्तरवार्ता लिइने र अन्तरवार्तामार्फत इजरायल जान योग्य १ हजार ४ सय कामदार छनोट गरिने वैदेशिक रोजगार विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले बताए ।
निर्देशक ज्ञवालीका अनुसार छनोट भएका १ हजार ४ सय कामदारको सूचि नेपालस्थित इजरायल दूतावासमा पठाइनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।
विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमय अनुसार करिब दुुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।
हेर्नुहोस नतिजा