खोप लगाउन नपाएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका युवाहरूद्धारा प्रदर्शन

news-details

वैदेशिक रोजगारीमा जाने तयारी पूरा गरेका युवाहरूले कोरोनाविरुद्धको खोप लगाउन माग गरेर काठमाडौंमा प्रदर्शन गरेका छन् ।

मंगलबार बिहान युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।

रोजगारदाता देशहरूले खोपलाई अनिवार्य गरेका छन् । भिसालगायतका प्रक्रिया पूरा गरेका युवाहरू घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुँदै सडकमा निस्किएका हुन् ।

महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा सोमबार राति ९ बजेदेखि लाइनमा बसेका उनीहरूलाई मंगलबार बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि सरकारविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

वैदेशिक रोजगारीमा जानेहरुलाई खोप उपलब्ध गराउन सरकारले चरम बेवास्ता गरेको आरोप उनीहरूले लगाएका छन् ।

प्रदर्शनमा उत्रिएका युवाहरूले एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउन माग गरेका छन् ।

खोप कार्यक्रमकमा प्रमुख डा। झलक शर्माले जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको बताएका छन् । उनले अन्य खोपहरू लगाउन सकिने भन्दै दुई डोजवाला खोप लगाउन अनुरोध गरेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *