अफगानिस्तानबाट थप आठ जना नेपालीको उद्धार, उद्धारको प्रतीक्षामा रहेका ३४ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण
- भदौ १२, २०७८
- 0

अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले आज त्यहाँबाट आठ जनालाई उद्धार गरिएको बताएको छ ।
काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेका ३४ जनालाई आजै थप सुरक्षित एवं व्यवस्थित स्थानमा स्थानान्तरण गरिएको तथा उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त मन्त्रालयले बताएको छ ।
अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’ तथा विभाग, परराष्ट्र मन्त्रालय, मन्त्रालयको ‘सिचुएशन रुम’ र नयाँदिल्लीस्थित नेपाली दूतावासमा आफ्नो नामसहितको विवरण दर्ता गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।
0 प्रतिक्रिया
अमेरिका निवासी समाजसेवी श्रेष्ठद्धारा दुई मिर्गौला पीडितलाई आर्थिक सहयोग

काठमाडौं, संखुवासभाको खाँदबारीमा जन्मिएर लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आईरहेकीन् संखुवासभा कम्युनिटी अफ यु.एस.ए को अध्यक्ष तथा समाजसेवी शान्ती श्रेष्ठले […]
ग्राहकलाई ठगेको पाइए जुनसुकै बैंकलाई तुरुन्तै कारवाही हुनेछ : गभर्नर डा.पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडलेले कुनैपनि बैंकले ग्राहकलाई ठगी गरेको पाइएमा तुरुन्त कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार […]
इजरायलमा रहेका नेपालीको अवस्थाबारे परराष्ट्रमन्त्री राणाले लिइन जानकारी

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र विकसित परिस्थितिका बारे नेपालका लागि इजरायली राजदूत […]
रास्वपा र राप्रपाको अवरोधकाबीच आज पनि संसद सुचारु

प्रतिनिधिसभाको बैठक सुरू भएको छ । आज पनि भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा अवरोध […]
अदालत हाजिर भए धवलशमशेर, आजैबाट थुनछेक बहस सुरु हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धलवशमशेर जबरा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । फरार सूचीमा रहेका उनी सोमबार […]