इजरायल रोजगारीको छनोट परीक्षा लोकसेवाको मापदण्डअनुसार हुने
- भदौ ७, २०७८
- 0

इजरायल रोजगारीमा जान इच्छुक आवेदनकको लिखित र मौखिक परीक्षा लोकसेवा आयोगको नियम अनुसार गरिने भएको छ।
लिखित तथा मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।
सरकारी सम्झौता अनुसार इजरायल सरकारले हाल एक हजार केयरगिभर श्रमिकको माग भएको छ।
हालसम्म नौ हजार ६९९ युुवाले आवेदन दिएको वैदेशिक रोजगार विभागले जनाएको छ। प्राप्त आवेदनको अध्ययन गरिरहेको बताउँदै विभागले आवश्यक छानविन गरी लिखित परीक्षामा सहभागी हुने परीक्षर्थीको अन्तिम सूची प्रकाशित गर्ने जनाएको छ।
इजरायलमा नेपालीलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्रणालीमा आधारित हुने मन्त्रालयको सूचनामा उल्लेख गरेको छ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]