कोरोनाले रोकिएका कामदार कोरिया जान पाउने
- भदौ ४, २०७८
- 0

कोरोना महामारी सुरु भएपछि कोरिया जान नपाएका ११ हजार कामदार कोरिया जान पाउने भएका छन् । नेपाल सरकार र कोरिया सरकारबीच भएको सहमति अनुसार अब कामदारहरु कोरिया जान पाउने भएका हुन् ।
सीधा उडानबीच कामदार पठाउने, कोरियामा पुगेर १४ दिन क्यारेन्टिन बस्नुपर्ने र क्वारेन्टिन तथा बिमाशुल्कसमेत कामदार स्यंवले व्यहोर्ने विषयमा सहमति भएको छ । ती तीनवटै सर्त कोरिया सरकारले राखेका कारण लामो समयदेखि कामदार जान पाएका थिएनन्, यी सर्त पूरा गर्ने सहमति भएका कारण अब कामदार जान पाउने वैदेशिक रोजगार विभागले जनाएको छ ।
तर, नयाँ व्यवस्थाअनुसार कामदार पठाउँदा श्रमिकले साढे २ लाख थप खर्च गर्नुपर्नेछ । यसअघि ट्रान्जिट हुँदै कोरिया जान पाउने थियो । त्यसका लागि हवाई भाडा नेपाली ३६ हजार लाग्थ्यो । तर, कोरिया सिधा उडानमार्फत जाँदा कम्तीमा करिब ८४ हजार नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।
0 प्रतिक्रिया
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्यो

इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् । इजरायलले आफ्ना […]
त्रिकोणात्मक टी–२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने

त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । सोमबार स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्न […]
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ । बैठक सोमबार दिनको १ बजे समितिको […]
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक सोमबार बस्दैछ । बैठक आज बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने भएको हो । […]
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भू-भागमा वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी […]