विभागले अफगानिस्तानमा नेपाली श्रमिक पठाउने मेनपावर कम्पनीलाई विवरणसहित बोलायो
- साउन ३१, २०७८
- 0

बैदेशिक रोजगार विभागले अफगानिस्तानमा श्रमिक पठाएका मेनपावर कम्पनीलाई विवरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।
विभागले अफगानिस्तानमा रहेका नेपालीको अवस्थाबारे छलफल गर्नका लागि भोलि (सोमबार) मेनपावर कम्पनीहरुलाई बोलाएको हो ।
रोजगारीका लागि अफगानिस्तान पुगेका नेपालीको अवस्थाबारे यकिन विवरण जानकारीमा राख्न तथा उद्दारका लागि पहल गर्न मेनपावर कम्पानीहरुलाई निर्देशन दिइएको बताइएको छ । विभागले अफगानिस्तानको कुन ठाउँमा कुन अवस्थामा नेपालीहरु छन् भन्ने जानकारी लिने र त्यसले उनीहरुको उद्दार गर्न सहज हुने जनाएको छ ।
विदेशी सैनिक फिर्ता हुन थालेसँगै अफगानिस्तानमा विद्रोही संगठन तालिवानले विभिन्न शहरहरु नियन्त्रणमा लिन थालेको छ, भने विभिन्न देशले आ–आफ्ना नागरिक फिर्ता लैजान थालेका छन् ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]