इजरायलका लागि १ हजार केयरगिभर माग, २१ दिनभित्र आवेदन दिन सकिने (विज्ञापनसहित)

news-details

सरकारले इजरायलका लागि १ हजार केयरगिभरका लागि आवेदन आह्वान गरेको छ।

वैदेशिक रोजगार विभागले इजरायलको माग बमोजिम नेपालबाट लगिने हजार जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो।

आज कामदार माग सम्वन्धी सूचना प्रकाशित गर्दै विभागले २१ दिन भित्र आवेदन दिन सकिने जनाएको छ।

इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मीटर उचाइ तथा ४५ केजी तौल भएको हुनुपर्नछ ।

त्यसैगरी कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ ।

सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिने छ । तर, पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी भएको छ ।

हेर्नुहोस विज्ञापन

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *