विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण अब चारवटा अस्पतालबाट हुने
- साउन ८, २०७८
- 0

विदेश जान आवश्यक खोप लगाएको प्रमाणीकरण गर्ने काम आजबाट चारवटा अस्पतालबाट हुने भएको छ । यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको अत्याधिक भीडभाड बढेपछि आजबाट चारवटा अस्पतालबाट उक्त सेवा शुरु गरिएको हो ।
अब यस्तो प्रमाणित कागज लिन चहाने सेवाग्राहीले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, सशस्त्र प्रहरी अस्पताल बलम्बु, सिभिल अस्पताल मीनभवन तथा पाटन अस्पतालबाट लिन पाउने स्वास्थ्य मन्त्रालयले व्यबस्था गरेको छ ।
ती अस्पतालहरुले निःशुल्क रुपमा यस किसिमको प्रमाणीकरणको कागजात उपलब्ध गराउने स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताउनुभयो ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायोजन […]
रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व पर्सामा पनि मुद्दा दायर भएको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित […]
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक […]
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । […]
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]