वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई जोन्सन खोप दिन सुरू

news-details

सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप दिन सुुरु गरेको छ ।

श्रम गन्तव्य देशले कोरोनाविरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्राथमिकताका आधारमा आइतबारबाट काठमाडौँ बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रबाट खोप दिन सुुरु गरेको हो ।

एक पटक मात्रै लगाए पुुग्ने अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप धेरै रोजगारदाता देशले मान्यता दिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी कम्पनीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अनुरोध गरेका थिए ।

अधिकांश देशले अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोपलाई मान्यता दिएको र विदेशीले श्रमिकले एक पटक लगाए मात्र हुने भएपछि सोमबारदेखि गङ्गालाल अस्पतालमा भिसा आएर रोजगारीमा जाने अन्तिम तयारी गरेका श्रमिकलाई प्राथमिकताका आधारमा खोप दिन थालेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजित श्रेष्ठले रोजगारीमा जानका लागि भिसा तथा अन्तिम स्वीकृतिको खोप दिन सुरु भएकोे जानकारी दिनुुभयो ।

नेपाली श्रमिक प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै श्रमिक लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली श्रमिकसमेत रोजगारीमा जान पाएका छैनन् ।

आर्थिक वर्ष २०७७-७८ मा एक लाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै श्रमिक खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।

दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली श्रमिकलाई जान रोकेका छन् । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्तसहित क्वारेन्टाइनमा १० दिन बस्नेगरी श्रमिक लगिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *