अवैधरूपमा भारत जाँदै गरेका ४ युवतीको उद्धार
- असार २४, २०७८
- 0

भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ ।
शान्ति पुनःस्थापना गृह कञ्चनपुरले सीमा नाकाबाट युवतीको उद्धार गरेको हो । उद्धार गरिएका युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ ।
पुनःस्थापना गृहको दोधारा चाँदनीकी परामर्शदाता रेखा भण्डारी पुजाराले भारतीय राजधानी दिल्लीमा काम गर्ने भन्दै जान लागेको अवस्थामा फेला पारी उद्धार गरिएको बताए ।
अवैधरूपमा भारत जान लागेका युवती मानव बेचबिखनको उच्च जोखिममा पर्ने भएकाले उद्धार गरिएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई बुझाइएका युवतीलाई घर परिवारको जिम्मा लगाइएको छ ।
-रासस
0 प्रतिक्रिया
चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल : मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको […]
बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ । बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी […]
रास्वपा र राप्रपाको अवरोधकाबीच प्रतिनिधिसभाको बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बोलाइएको बैठक झण्ड दुई घण्टा ढिलागरी बैठक […]
हेवा खोलाको पुल भाँचिएको घटनाबारे छानविन गर्न समिति गठन

मेची राजमार्गको फिदिम–ताप्लेजुङ् सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधिन पुल भाँचिएको घटनाबारे छानविनका लागि भौतिक […]
केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

भारतको उत्तराखण्डको केदारनाथ नजिकै गौरीकुण्ड क्षेत्रमा आज बिहान हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाइलटसहित सबै […]