वैदेशिक रोजगार विभागको ताहाचल कार्यालय हरेक बुधबार खुल्ने
- जेष्ठ २१, २०७८
- 0

वैदेशिक रोजगार विभाग अन्तर्गतको ताहाचलमा रहको वैदेशिक रोजगार कार्यालय काठमाडौ शाखा कोरोनाको कारण बन्द रहेकोमा अवदेखि खुला रहने भएको छ ।
वैदेशिक रोजगार कार्यालय ताहाचलले आज एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । यही वैशाख २४ गते बन्द गरिएको कार्यालय जेठ २६ गतेदेखि हरेक बुधबार खुला गर्ने जारी गरेको सूचनामा उल्लेख छ ।
यसैगरी उक्त दिन पुनः श्रम स्वीकृतिको हकमा यस अघि बायोमेट्रिक नभएका व्यक्तिहरुको मात्र काम सुचारु हुने समेत काठमाडौं कार्यालयले बताएको छ ।
यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दुवाडीको ध्यानाकर्षण गरेको थियो ।
व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।