वैदेशिक रोजगार व्यवसायी संघले सुरु गर्‍यो निःशुल्क अनलाइन स्वास्थ्य परामर्श सेवा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कोभिड–१९ महामारी विरुद्ध लड्न सहजताका लागि निःशुल्क अनलाइन स्वास्थ्य परामर्श सेवा संचालनमा ल्याएको छ ।

पछिल्लो समय कोभिड–१९ को बढदो संक्रमण र उपचार असहजतालाई मध्यनजर गर्दै नोजोमी पोलिक्लिनिकसँगको सहकार्यमा अनलाइन तथा भाइबरबाट निःशुल्क परामर्श लिन सकिने सुविधासहित अनलाइन स्वास्थ्य परामर्श सेवा सुरु गरिएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिएका छन ।

यस सेवा अन्तर्गत कोभिड सम्वन्धी निःशुल्क स्वास्थ्य परामर्शका साथै आवश्यक्ता परेको खण्डमा नियमित स्वास्थ्य फ्लोअप, एक्सरे, होल बडि चेकअप, स्याम्पल कलेक्सन तथा परीक्षण र औषधी डेलिभरि सर्भिसको समेत व्यवस्था रहेको संघले जनाएको छ ।

डा. आभ्या श्रेष्ठ, डा. श्रृजन सिल्वाल, डा. प्रदिप बज्राचार्य र डा. जोन श्रेष्ठ यस सेवाका लागि उपलब्ध रहने र सेवा लिन ९८४७६९३२२७ (भाइबर) तथा ०१–५५३७१५५, ९८०१०६०८६५, ९८२६१४३४२० मा सम्पर्क गर्न सकिने संघले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *