वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको कोरोना संक्रमणका कारण निधन
- बैशाख ३०, २०७८
- 0

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य विष्णुप्रसाद गैरेको कोरोना संक्रमणका कारण निधन भएको छ ।
कोरोना पोजेटिभ देखिएपछि सिनांमगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचारार्थ भर्ना हुनुभएका गैरेको आज साझ ५ः५० बजे निधन भएको संघका महासचिव सुजित श्रेष्ठले पुष्टि गर्नुभएको छ ।
यसअघि घरमै आइसोलेसनमा रहनुभएका गैरेको स्वास्थ्यमा समस्या बढेपछि गत बैशाख २४ गते ह्याम्स अस्पतालको इमर्जेन्सि पु¥याइएको थियो । आइसियूको अभावपछि सोही दिन काठमाडौ मेडिकल कलेज पु¥याइएको उहाँको उपचारकै क्रममा निधन भएको हो ।
गैरे नेपाल उद्योग बाणिज्य महासंघले गठन गरेको वैदेशिक रोजगार फोरमको सभापतिसमेत हुनुहुन्थ्यो ।
0 प्रतिक्रिया
ग्वार्को फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा, यातायात संचालन गर्ने तयारी

ललितपुरको ग्वार्को स्थित फ्लाईओभरको मुख्य संरचना निर्माण कार्य पूरा भएको छ । फ्लाई ओभरको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]
सरकारलाई छानबिन समिति बनाउन बाध्य पार्यौ र संसद खोलियो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले अहिलेको राजनीतिक संघर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरू विरुद्ध लड्नुपर्ने अवस्था […]
न्याय परिषद्को सिफारिस ढिला भएकाबारे समितिमा छलफल

संसदीय सुनुवाइ संयुक्त समितिमा सर्वोच्च अदालतका न्यायाधीश र न्याय परिषद्को सदस्यको संसदीय सुनुवाइ प्रारम्भ भएको छ । शनिबार बसेको समितिको […]
एसईई परीक्षा सञ्चालन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने प्रस्ताव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । शनिबार शिक्षा, स्वास्थ्य तथा […]
बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिदै : कस्तो छ प्राधिकरणको तयारी ?

भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्न नेपाल, भारत र बंगलादेश बिच भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले भोली (जुन […]