जापान, कोरिया र अष्ट्रेलियालगायत पाँच देशका लागि ‘नो अब्जेक्सन लेटर’ जारी बन्द
- बैशाख ९, २०७८
- 0

कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र ‘नो अब्जेक्सन लेटर’ जारी गर्ने कार्य बन्द गरेको जनाएको छ ।
सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो ।
कोरोना भाइरसको नयाँ प्रकार (भेरियन्ट) विश्वभरिनै फैलिरहेको हुँदा गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार बिहीबारदेखि अर्को सूचना जारी नभएसम्म स्वीकृतिपत्र नदिइने जनाएको हो ।
स्वीकृति पत्र प्राप्त गरेर पनि ती पाँच देशमा जान नपाइने हुँदा अहिलेलाई स्थगित गरेको मन्त्रालयका उपसचिव नारायणप्रसाद पोखरेलले जानकारी दिए।
विदेशमा अध्ययन गरिरहेका विद्यार्थीहरूको हकमा भने स्वीकृति पत्र जारी गर्ने कार्य नरोकिने जनाएको छ।
0 प्रतिक्रिया
रास्वपा र राप्रपाको अवरोधकैबीच अघि बढ्यो संसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका […]
संसद् अवरोध हटाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपा र राप्रपाको असहमति

सत्तापक्ष र प्रमुख प्रतिपक्षबिच संसद् अवरोध खुलाउन २ बुँदे सहमति भएको छ । शुक्रबार सत्तापक्षका तर्फबाट मुख्य सचेतक महेश बर्तौला […]
नेपालमा केयर वर्क : व्यवसायिककी पारिवारिक कर्तव्य !

महिलाहरु घरको सबै काम गर्दछन्, विहान उठ्दादेखि राति नसुतुञ्जेल उनीहरुको काम हुन्छ । उनीहरुले नै गरेको कामबाट घर चलिरहेको हुन्छ […]
‘प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्नुपर्छ’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने भएकाले आफूूले पाएको ज्ञानलाई व्यहाहारमा उतार्दै आइपरेका नयाँ नयाँ चुनौतीको मौलिक ढङ्गले […]
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा […]