सीपमूलक रोजगारीमा साउदी अरब जादा सीप परीक्षण अनिवार्य

news-details

सीपमूलक रोजगारीमा साउउदी अरब जाने प्रवासी श्रमिकको जानुअगावै सीप परीक्षण अनिवार्य गरिने भएको छ । प्रवासी श्रमिकलाई सीपयुक्त काममा प्रवेशअगावै अनिवार्य रुपमा सीप परीक्षण गरिने साउदी अरबको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त नियम आगामी जुलाई देखि उक्त नीति लागू गरिनेछ । प्रतिस्पर्धी जनशक्तिलाई भित्रियाउन यस्तो व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

यस कार्यक्रमबाट साउदीले कुनै पनि श्रमिकलाई भिसा उपलब्ध गराउनु अघि प्रवासी श्रमिकको सीप परीक्षणसम्बन्धित मुलुकमा नै गर्ने व्यवस्था गरिने जनाइएको छ । साउदी अरब आउनुअगावै सीपयुक्त कामका लागि सीप परीक्षणसम्बन्धित मुलुकमा गरिने जनाइएको छ ।

साउदी अरबको यस निर्णयलाई विभिन्न देशका दूतावासहरुले पनि स्वागत गरेका छन् । यसका लागि अन्तराष्ट्रिय सीप परीक्षण केन्द्रहरुसँग समन्वय हुने जनाइएको छ ।

यसैगरी साउदी अरबमा नै कार्यरत प्रवासी श्रमिकहरुको पनि सीप परीक्षण गरिने मन्त्रालयले जनाएको छ । साउदी अरबको यस कार्यक्रमलाई श्रीलंका, पाकिस्तान, ईण्डोनेसियालगायतका मुलुकका राजदूतहरुले स्वागत गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *