यूएईमा जुम्ल्याहा बच्चासहित बिचल्लीमा परेकी नेपाली चेली लामा उद्धारको पखाईमा

news-details

मीठो सपना बुनेर एक्लै यूएई पुगेकी सिन्धुपाल्चोककी पासाङ याङजेन लामा अहिले समस्याको भूमरीमा फसेकी छिन् । गत बर्ष फेब्रुअरी ८ का दिन त्रिभुवन विमानस्थल हुँदै यूएई उड्दा उनी एक्लो थिइन् । तर, अहिले उनीसँग दुई छोरी थपिएका छन ।

सारजामा रहेको नेस्टो हाइपरमार्केटमा सेल्समेनमा गएकी लामाले तीन महिना काम गरेपछि कम्पनी नै छोड्नु पर्ने अवस्था आयो । विदेश गएर कमाउने र परिवारको आर्थिक अवस्था उकास्ने उनको सपना विदेशिएको केहि महिनामै तुहिन पुग्यो ।

कामकै सिलसिलामा एकदिन उनी अचानक विरामी परिन् र अस्पतालमा जचाउँदा गर्भवति भएको थाहा पाईन् । त्यसपछि उनी कार्यरत कम्पनीले उनलाई राजीनामा दिन बाध्य बनाएको थियो ।

श्रीमान छोडेर काम गर्न विदेश पुगेकी उनले यसपछि नचोसेको अवस्था बेर्होनुप¥यो । यसैबीच गत २९ अगस्टमा दुवई अस्पतालमा उनले जुम्ल्याहा बच्चालाई जन्म दिइन् । एक्लै यूएई उडेकी लामा यसपछि दुई सन्तानसहित तीन जनामा परिणत भइन् ।

यसपछि उनका जीवनमा कष्टकर समय शुरु भए । एक सामान्य स्तरको रोजगारी गर्न यूएई पुगेकी लामासँग अस्पतालको खर्च ब्यहोर्न सक्ने अवस्था थिएन । उनको अस्पतालको खर्च झण्डै ५० हजार दिनार पुगेको थियो । उनले तिर्नसक्ने कुनै अवस्था नै भएन ।

विदेशमा नेपालीहरु समस्यामा परेको खण्डमा त्यहाँ रहेका नेपालीहरुले सक्दो सहयोग गर्दै आएका छन् । लामाका लागि पनि एनआरएनए यूएईले साथ दियो । गैरआवासीय नेपाली संघ युएईको राहत तथा उद्दार कार्यक्रम टिमको विशेष समन्वयमा त्यहीको सरकार र दुवईको स्वास्थ्य निकायले अस्पलातको शुल्क मिनाहा गरिदियो ।

तर, अस्पतालले सुत्केरी महिलाको आवश्यक कागजपत्र नहुँदा ती बच्चाहरुलाई अस्पतालबाट डिस्चार्ज गर्न भने ईन्कार ग¥यो । जसका कारण झण्डै ३ महिनादेखि आफ्ना जुम्ल्याहा बच्चालाई अस्पतालमा राखेर सुत्केरी अवस्थामा रहेकी लामा साथीभाईको डेरामा बस्न बाध्य छिन ।

सुत्केरी आमा तथा बच्चाहरुलाई गैरआवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रम अन्तर्गत २०२० नोभेम्बर महिनादेखि खाना तथा बस्नको प्रबन्ध र बच्चाहरुलाई आवश्यक पर्ने खाना तथा अन्य आवश्यक कुराहरुकोसमेत प्रवन्ध मिलाइएको एनआरएनए यूएईले जनाएको छ । उनी अहिले एनआरएनए यूएईले संचालन गरेको सेल्टरमा छिन् ।

लामा आफ्ना बच्चासहित नेपाल फर्कन चाहन्छिन् । तर, बच्चाका बाबुको पासपोर्ट, नागरिकता र विवाह दर्ताका कागजपत्र नभएको हुँदा बच्चाहरुको जन्म दर्ता र पासपोर्ट बनाउन समस्या परेको छ । नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दुतावाससँगको समन्वयमा आवश्यक कागजपत्र बनाउने कार्य भइरहेको जानकारी एनआरएनए युएईका उपाध्यक्ष पासाङ्ग शेर्पाले जानकारी दिए ।

नेपालमा रहेका लामाको श्रीमानले सहयोग नगरिदिदा उनलाई झनै समस्या थपिएको छ । उनको भिसाको म्याद सकिएको धेरै भइसकेको छ । विभिन्न कागजी प्रक्रियाका कारणले उनी स्वदेश फर्कन सकिरहेकी छैनन् । अहिले भिसाको जरीवाना शुल्क दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल उनी र बच्चा गैर कानुनी रुपमा यूएईमा बस्न बाध्य छन् ।

उनको कागजी प्रक्रियाका लागि गैरआवासीय नेपाली संघको राहत तथा उद्दार कार्यक्रमका टिम कोअर्डिनेटर प्रविण पोखरेलले समन्वयकारी भुमिका खेलिरहेका छन् । यता एनआरएनएका उपाध्यक्ष तथा बैदेशिक रोजगार–कल्याणकारी विभागका संयोजक डा.बद्री के.सीले आमा तथा बच्चाहरुलाई स्वदेश फर्काउनका लागि नेपाली दूतावास यूएईसँगको समन्वयमा पहल गर्न एनआरएनए यूएईलाई निर्देशन दिएका छन् ।

यूएईले उनी र बच्चालाई नेपाल आउने अनुमति दिनासाथ एनआरएनएले सम्पूर्ण खर्च व्यहोर्ने र उनीहरुलाई परिवारसम्म पु¥याउने जनाएको छ ।
एक नेपाली चेली पराई देशमा जुम्ल्याहा बच्चासाथ बस्नु साँच्चिकै पीडादायी अवस्था हो । उनको उद्धारका लागि सरोकारवाला निकायले छिटोेभन्दा छिटो पहल गर्नु जरुरी छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *