रसियाबाट बच्चासहित नेपाली चेलीको उद्धार (भिडियोसहित)
दलालले रसिया लगेर शारीरिक शोषण गरी अलपत्र पारेपछि एनआरएनले ल्याइपु-यायो स्वदेश
- माघ २३, २०७७
- 0
त्रिभुवन विमानस्थलबाट कालो ज्याकेट लगाएकी एक नेपाली चेली काखे बच्चा च्यापेर बिहीबार बाहिर निस्किइन । उनले आफ्नो अनुहार कसैलाई देखाउन नै चाहिनन् वा सकिनन् । एक बर्ष अगाडि रसिया पुगेकी मन्जु लामा (नाम परिवर्तन) अलपत्र परेपछि बच्चासहित उद्धार गरेर स्वदेश ल्याइएको हो ।
चर्को पैसा असुलेर कानूनीरुपमा बिजिनेश भिसामा रसिया पु¥याएका दलालले विभिन्न प्रलोभनमा पारेर मञ्जुलाई शारिरीक शोषण मात्र गरेन, सामुहिक बलात्कार गरेर गर्भवती बनाएर छोडिदियो । उनले रसियामा नै बच्चा जन्माइन् । अहिले उनी विना बाउको बच्चा बोकेर स्वदेश फर्किएकी छिन् । आफ्नो देश टेकेपछि उनलाई न्याय खोज्ने आँट मिलेको छ । आफ्नै देशमा आइपुग्दा न्याय खोज्न साहस जुटेको छ ।
मानसिक, शारीरिक एव आर्थिक शोषणमा परेर मानवतस्करको फन्दामा परेकी उनी नेपाली चेली रसियाको दागस्तान भन्ने शहरमा अलपत्र परेकी थिइन् । दागस्तान शहरमा कोही नेपालीको बसोबास रहेको छैन ।
संयोगले ८ महिनाको गर्भवति भएपछि गैरआवासिय नेपाली संघ रसियाले उनको बारेमा थाहा पायो । नेपाली दूतावास रसियासँगको समन्वयमा सम्पूर्ण कागजात बनाएर एनआरएनएले उनलाई सकुशल उद्दार गरी स्वदेश फिर्ता ल्याउन सफल भएको हो ।
एनआरएनए रसियाले उनी संम्पर्कमा आएदेखि फर्किदासम्म स्वास्थ्य, बासस्थान, सुरक्षित सुत्केरी गराउनेदेखि बच्चा र आमाको स्वास्थ्यको ख्याल राख्नेसम्मका काममा कुनै किसिमको कमि हुन नदिई स्वदेश फिर्ता गराउन सफल भएको एनआरएनए रसियाका अध्यक्ष शिवमणी भुर्तेलले जानकारी दिए ।
स्वदेशमा आफ्नो र बच्चाको अधिकार सुरक्षित बनाउँदै अपराधीलाई नेपाल सरकारले कडा भन्दा कडा सजाय दिओस् भन्दै एनआरएनए रसियाले जोडदार माग राखेको छ ।
रसियाबाट उद्धार गरिएकी चेलीलाई रसियामै बसोबास गर्ने एनआरएनए आइसीसी उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसी स्वंमले स्वदेश लिएर आएका हुन ।
डा.केसीकै पहलमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् रसिया निरन्तर तीन महिनासम्म खट्यो । यस अघि पनि उनीसहित बच्चालाई नेपाल पठाउन खोजिएता पनि कागकात नमिल्दा रोकिएको थियो । बच्चाको बाबुको आधिकारिता प्रमाणित हुन नसक्दा उनको स्वदेश फिर्ति रोकिएको थियो । यसैले टिकट काटेर विमानस्थलसम्म पुगे पनि रसियन अध्यागमन विभागले उनलाई नेपाल जाने अनुमति दिएन ।
‘कुनै मेनपावर व्यवसायीले अलपत्र पारेर उनीलाई छोडिदिएको रैछ, ती महिलालाई त्यही व्यक्तिले शारिरीक शोषण गरेर गर्भवति समेत बनाएको रहेछ’ विमानस्थलमा उपाध्यक्ष केसीले भने –‘बाउ विनाको बच्चाको डकुमेन्ट बनाउन निकै कष्ट भोग्यौ, आज हामीले आमा र बच्चा दुवैलाई उद्धार गरेर स्वदेश ल्याइपु¥याएका छौ ।’
उपाध्यक्ष डा केसी विदेशमा अलपत्र पर्ने यी महिला त एउटा उदाहरण मात्रै भएकाले मानवतस्करीमा लाग्नेहरुलाई सरकारले कडा कारवाही गर्नुपर्ने बताउँछन् ।
नेपाल आएपछि उनलाई एनआरएनएले आफ्ना बुवाआमाको जिम्मा लगाएको छ । डा. केसी भन्छन्–‘हामीले गर्न सक्ने सहयोग गरेका छौ, सुरक्षितरुपमा उद्धार गरेर उनको अभिभावकलाई जिम्मा पनि लगाईसकेका छौ । अब उनले आफैले नेपाल सरकार समक्ष त्यो घटनाको उजुरी दिनुपर्ने हुन्छ, त्यसमा हामी अझै सहयोग गर्ने छौं ।’
एनआरएनएले कोभिड १९ पछि विदेशमा अलपत्र परेका, समस्यामा परेका, बिरामी परेका तथा जागिर नपाएकाहरुलाई विभिन्न सहयोग गर्दै आएको छ ।
हेर्नुहोस भिडियो