महासंघको वैदेशिक रोजगार फोरमको सभापतिमा गैरे मनोनित

news-details

नेपाल उद्योग बाणिज्य महासंघको वैदेशिक रोजगार फोरमको सभापतिमा बिष्णुप्रसाद गैरे मनोनित भएका छन् । महासंघको दोश्रो वैठकले अध्यक्ष शेखर गोल्छाले आइतबार उनलाई सभापति मनोनित गरेका हुन् ।

नेपाल उद्योग बाणिज्य महासंघमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित गैरेलाई महासंघले पहिलो पटक वैदेशिक रोजगार फोरम बनाएर सभापति बनाएको हो । महासंघमा वैदेशिक रोजगार व्यवसायी संघबाट कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुने गैरे नै पहिलो व्यवसायीसमेत हुन् ।

महासंघको वैदेशिक रोजगार फोरमले वैदेशिक रोजगार क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि गैरेको नेतृत्वमा उपसभापतिसहित ८ जना सदस्य नियुक्त गर्न पाउनेछ । महासंघका अध्यक्ष गोल्छाले वैदेशिक रोजगार फोरमबाट प्रभावकारी कार्य गर्न र महासंघको प्रतिष्ठालाई उँचो बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।

महासंघले वैदेशिक रोजगार फोरमलाई कार्य क्षेत्र तोकेर वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउनका लागि काम गर्न भनेको छ । वैदेशिक रोजगारमा श्रमिक पठाउनका लागि सेवा शुल्क, प्रशासनिक प्रकृया, सीपयुक्त कामदार पठाउन पहललगायतमा काम गर्न कार्य क्षेत्र तोकेको हो ।

महासंघमा वैदेशिक रोजगारका विषयहरु प्रवेश गराउन सफल भएको भन्दै सभापति गैरेले महासंघमार्फत वैदेशिक रोजगारका क्षेत्रमा रहेका विद्यमान समस्या समाधानमा काम गर्ने बताएका छन् । गैरे सभापतिमा नियुक्त भएपछि वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी तथा मेनपावर व्यवसायीहरुले खुशी ब्यक्त गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *