बिना स्वीकृति कतार पुलिसको अन्तरबार्ता लिने कम्पनीलाई स्पष्टिकरण सोध्न वैदेशिक रोजगार व्यवसायी संघको माग
- मंसिर १०, २०७७
- 0

बिना स्वीकृति कतार पुलिसको अन्तरबार्ता लिने कम्पनीलाई स्पष्टिकरण सोध्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माग गरेको छ ।
गत सोमबार र मंगलबार बिना स्वीकृति कतार पुलिसको लागी गोप्य रुपमा अन्तरबार्ता लिदै गरेको अवस्थामा एसओएस मेनपावर, डिडि ह्युमन रिसोर्स र होप ईन्टरनेसनलमा वैदेशिक रोजगार विभागले छापा मारेको थियो ।
यसलगत्तै आज बुधबार दिउँसो बसेको संघ कार्यसमिति तथा संघसंग आबद्ध विभिन्न संघ–संस्थाहरुसँग भएको आकस्मिक छलफलमा यसरी विना स्वीकृति अन्र्तवार्ता लिने कम्पनीउपर छानविन गर्न, स्पष्टिकरण सोध्न तथा आवश्यक कारवाहीको लागि माग गर्ने निर्णय भएको संघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिएका छन ।
‘श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बिभागलाई कतारको सिन्डिकेटको बारेमा छानबिन गर्न र गैरकानुनी ढंगले गोप्य रुपले अन्तरबार्ता गर्ने कम्पनीहरु उपर कडा कारबाही गर्न माग गर्ने संघले निर्णय गरेको छ’ एक विज्ञप्ती जारी गर्दै महासचिव श्रेष्ठले भने –‘वैदेशिक रोजगार बिभागले छापामार्ने क्रममा कतार दूतावासको सबारी साधनसमेत प्रयोग गरिएको पाइएकोले सो सम्बन्धमा परराष्ट्र मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगमार्फत कतारी मानव अधिकार आयोगमा पत्राचार गरि बुझिपाउन माग गर्दर्छौ ।’