विदेशबाट फर्किएकाका लागि समेट्न छुट्टै ‘पुनःएकीकरण कार्यक्रम कार्यविधि’ आउँदै

कार्यबिधि असोज महिनाभित्रमा स्वीकृत भएर आउने
news-details

हरिराम पौडेल / वैदेशिक रोजगारबाट फर्किएका कामदारको पुनएकीकरणका लागि छुट्टै कार्यबिधि आउने भएको छ । ‘पुनःएकीकर कार्यक्रमको कार्यविधि’ अन्तिम चरणमा रहेको पुगेको वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिएका छन् ।

हाम्रो सम्मान परियोजनाको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘वैदेशिक आप्रवासी कामदार पुर्नएकीकरण योजना र कार्यक्रम’ विषयक भर्चुअल छलफल कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले कार्यबिधि पारित हुने चरणमा रहेको बताएका हुन् ।

कार्यक्रममा कार्यकारी निर्देशक श्रेष्ठले पहिलो चरणमा पुर्नएकीकरणको नीतिगत परिभाषामा समस्या भएको बताए । पुर्नएकीकरण कार्यक्रम सामाजिक, आर्थिक र मानसिकरुपलाई लिएर परिभाषा गरिनु पर्ने उनले जनाए ।

कार्यक्रममा कसलाई सहभागी गराउने ,उनीहरूलाई बोर्डको तर्फबाट के कस्तो फाइदा दिने, कार्यन्वयनको चरणमा कुन–कुन तहसँग समन्वय गरेर जाने भन्ने विषयलाई समेटेर कार्यविधि बनेको श्रेष्ठको दाबी छ । हाल कोरोनाले गर्दा निकै प्रभावित भएकाले काठमाडौंमा मात्रै नभई स्थानीय तहमा नै गएर सञ्चालनमा ल्याउनुपर्ने भएकाले समस्या भइरहेको उनले बताए ।

गत असोज ५ गतेको बोर्डको वैठकअनुसार श्रम मन्त्रालयमा नीतिगत सहमतिको लागि स्वीकृति लिएपछि कार्यान्वयनमा ल्याउन अनुरोध गरेको उनले जानकारी दिए । उनका अनुसार कार्यबिधि असोज महिनाभित्रमा स्वीकृत भएर आउने उनको दाबी छ ।

‘पुनएकीकरण कार्यक्रमको लागि नै चालु आर्थिक वर्षको बजेट विजिनयोजन भएको छ,’ उनले भने, ‘हामी केकेमा कसरी जान्छौं भन्ने विषयमा एउटा कम्प्रहेन्सिभ प्याकेजमा छलफल भएको छ ।’

पुनःएकीकरण कार्यक्रमलाई नेपाल सरकारको नीति अनुसार आन्तरिक श्रम बजारमा आउने श्रमिकहरू मध्ये बाध्यतावश वैदेशिक रोजगारीमा जाने ट्रेन्डलाई न्यूनिकरण गर्दै जाने योजना रहेको बताउदै श्रेष्ठले वैदेशिक रोजगारीबाट समस्यामा परेर फर्किने श्रमिकलाई सबैभन्दा पहिलो पुर्नमिलन, सामाजिक तथा आर्थिक हिसाबले शसक्तिकरण गर्दै अगाडि बढाउने नै योजना रहको जनाएको छ ।

‘अलेखबद्ध ढङ्गले काम गरेर फर्केका श्रमिकहरूमा पनि महिलाहरूको समस्या जटिल रहेको भन्दै श्रेष्ठले कार्यविधिमार्फत दातृनिकाय, विकास साझेदार, नीजि क्षेत्र तथा स्थानीय क्षेत्रले समेटेर आर्थिक तथा प्राविधिक हिसाबले सहयोग गर्ने बताए ।

 

अहिले सबैभन्दा समस्या नै एकीकृत तथ्याङ्क रहेको भन्दै उनले विभिन्न श्रेत्रबाट तथ्याङ्क संकलन भएता पनि त्यो तथ्याङ्कले श्रमिककको पहिचान नहुने भएको बताए । विदेशबाट फर्केका श्रमिकको आर्थिक, मानसिक लगायत विभिन्न समस्या भोगेर आएकाले पूर्ण रुपमा पहिचान गर्न समस्या भइरहेको उनले जानकारी दिए ।

स्थानीय तहमा एकिन तथ्याङ्क नै छैन – उपमेयर मोक्तान

सर्लाही जिल्लाका बागमति नगरपालिकाका उपमेयर लिला कुमारी मोक्तानले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्थानीय तहमा यकिन तथ्याङ्क नभएको जानकारी दिइन् ।

हालसम्म कुन ठाउँकोे श्रमिक कुन देशमा श्रम गर्न गएका छन् र आन्तरिक श्रममै कति श्रमिक छन् भन्नेको कुनै तथ्याङ्क नभएको भन्दै उनले कोरोना महामारीले गर्दा श्रमिकको तथ्याङ्क संकलनमा जुटेको उनले बताइन् । यसका साथै, मन्त्रालय वा संघीय सरकारबाट कुनै निर्णय वा निर्देशन नआएका कारण पनि नगरपालिकाले खासै ध्यान नदिएको उनको भनाइ छ ।

त्यस्तै बागमति नगरपालिकाले विदेशमा रोजगारी गुमाएर फर्केका श्रमिकलाई स्वदेशमै श्रम गर्नको लागि विभिन्न आयोजनाको योजना बनेको उनले बताइन् । ‘अहिले नगपालिकाले १२१ विघामा ताल अर्थात पोखरी, १२५ विघामा बाग्वानी वृक्षरोपन र ५ विघामा फनपार्क बनाउने योजना भएको छ । यसबाट पनि धेरै श्रमिकले रोजगारी पाउने पाउनेछन्,’ उनले भनिन् ।

विदेशबाट सीप सिकेर फर्केका ध्यान दिन आवश्यक – व्यवसायिक तालिम विज्ञ

रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर श्रम गरि सीप सिकेर फर्केका श्रमिकलाई सरकारले ध्यान दिनुपर्ने प्राविधिक तथा व्यवसायीक तालिम विज्ञ खेम लेकाइले वताए । लेकाइले बाध्यताले विदेशिनु परेता पनि फर्केको बेला सीप ल्याएको हुनाले सरकारले त्यहाँबाट ल्याएको सीप कहाँ प्रयोग गर्ने भन्नेमा सरकारले ध्यान दिएमा सबैभन्दा उत्तम हुने बताए ।

‘एकातिर राज्यमा राज्यमा अथाह कम्पनी भएता पनि दक्ष जनशक्तिको अभाव छ भने अर्कोतिर दक्ष भएता पनि सुचनाको अभावले विदेश जानुपर्ने बाध्यता छ,’ उनले भने, ‘यस अवस्थाले धेरै समस्या उत्पन्न भएको र सरकारले यसको लेखाजोखा गर्न निकै ढिला भइसकेको छ ।’

साथै, वैदेशिक रोजगारबाट फर्केर स्वदेशमा नै रोजगारी दिलाउनको लागि विभिन्न खालको तालिम केन्द्र स्थापना गरी उद्यमशिलता बनाउनुपर्ने उनले बताए ।
कार्यक्रममा रेडियो कान्तिपुरकी ईन्द्रलक्ष्मी घिमिरेले स्वदेश फर्किएका कामदारको पुर्नएकिकरण सम्वन्धमा कार्यपत्र पेश गरेकी थिईन भने कार्यक्रमको संचालन वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष हरि थापाले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *