दक्षिण कोरियाले लगायो नेपाली श्रमिकको प्रवेशमा रोक, कोरियन एयरको उडान जारी

news-details

कोरोना महामारीका कारण दक्षिण कोरियाले नेपाली श्रमिकको प्रवेशमा रोक लगाएको छ ।

नेपालमा कोरोना महामारी बढेकाले दक्षिण कोरियाले इपीएस अन्तर्गत कमिटेड श्रमिकका साथै अन्य कामदारको प्रवेशमा तत्काललाई रोक लगाएको कोरियामा रहेको नेपाली दूतावासले जनाएको छ । तर महामारीको अवस्थालाई मध्यनजर गर्दै फेरि अर्को निर्णय गर्ने कोरियाले जनाएको छ ।

नेपालमा लकडाउन भएकै अवस्थामा केही श्रमिक कोरिया गए पनि अहिले कोरियाले नेपालीको प्रवेशमा रोक लगाएको हो । यस्तै सरकारले कोरियन एअरलाई अक्टोबर महिनाका लागि सिओल काठमाण्डौ एकतर्फी उडानको अनुमति दिएको छ ।

जसअनुसार कोरियन एअरबाट घर फर्कने नेपालीहरुले एअरलाइन्सका स्थानीय प्रतिनिधि केएमई ट्राभल्स एण्ड टुर्सका संचालक बिनोद कुँवरलाई ०१०–३२८१४७८३ मा सम्पर्क गर्न सकिने छ । कोरियन एअरले अक्टोरबर ९ मा नेपालका लागि उडान भर्दैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *