कोभिड १९ पछि ७१ हजार ७ सय ३५ नेपाली स्वदेश फिर्ता, युएईबाट मात्रै २० हजार ६ सय ९७ आए

news-details

कोभिड–१९ को महामारी शुरु भएपछि विदेशमा अड्किएका ७१ हजार ७ सय ३५ नेपाली स्वदेश फर्किएका छन् । असोज ४ गतेसम्म नेपाल फर्किएहरुको संख्या कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जनाएको हो ।

चार्डर उडान तथा नियमित उडानपछि संयुक्त अरव ईमिरेट्स (युएई) बाट मात्र २० हजार ६ सय ९७ जना स्वदेश फर्किएका छन् ।

प्रयाप्त उडान नभएको, महंगो भाडा भएको तथा उडान सहज नहुँदा पनि ७१ हजारभन्दा बढि नेपाल स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले जानकारी दिए । उनले अव उडान संख्या बढेपछि स्वदेश फर्किने नेपालीको संख्या बढ्ने बताए ।

यसैगरी साउदी अरेवियाबाट १० हजार ८ सय ५८ जना स्वदेश फर्किएका छन् । मलेसियाबाट फर्किनेको संख्या १० हजार ७ सय ५८ रहेको छ । अन्तर्राष्ट्रिय उडानबाट स्वदेश फर्किनेमा कतारबाट ९ हजार १ सय ७१, ओमानबाट ११ सय ५०, कुबेतबाट ८ हजार १६, जापानबाट १७ सय ५४, दक्षिण कोरियाबाट १४ सय ४७, बहराइनबाट ११ सय २८, इजरायलबाट १ सय २७, ईराकबाट ३९,साइप्रसबाट ६४ जना रहेका छन् ।

नियमित उडान शुरु भएपछि अव प्रत्येक दिन यो संख्या बढ्नेछ । स्थलगत बाटोेबाट भारत हुँदै आउनेको संख्या अझ बढिछ । यो तथ्यांक हवाईयात्राबाट आउनेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *