कतार रोजगारीमा सिण्डिकेट हुन दिदैनौ, अफवाहको पछि नलाग्नुहोस् : श्रममन्त्री यादव

news-details

हरिराम पौडेल / वैदेशिक रोजगारका लागि कतार पठाउन सरकारले केही मेनपावरलाई दिएर सिण्डिकेट लगाउन खोजेको चर्चा चलिरहँदा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले कुनै पनि प्रकारको सिण्डिकेट हुन नदिने बताएका छन् ।

मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा हल्ला बढि हुने गरेका हुँदा अफवाहका पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् । ‘कतार रोजगारीका विषयमा मन्त्रालयमा केही छलफल नै भएको छैन तर हुँदै नभएको अफवाह फैल्याइरहेको सुनिरहेको छु,’ मन्त्री यादवले बताए ।

कतारमा नेपाली पठाउने जिम्मा केही म्यानपावर व्यवसायीलाई मात्रै दिन लागेको भन्दै मेनपावर व्यवसायीहरुले बिरोध जनाइरहेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त विज्ञप्ति नै निकालेर सिण्डिकेट हुन नदिने भन्दै आपत्ति जनाइसकेको छ ।

कतारमा केही मेनपावर व्यवसायीले मात्रै श्रमिक पठाउन पाउने गरी तयारी गरिरहेको भन्दै श्रम मन्त्री र अग्रज मेनपावर व्यवसायीमाथि आशंका गरिरहँदा मन्त्री यादवले आफु कुनै पनि सिण्डिकेटको पक्षमा नरहेको बताएका छन् ।

एसओएस मेनपावर सर्भिसका संचालक हेमबहादुर गुरुङको नाम जोडेर हल्ला बाहिर आएपछि गुरुङलेसमेत आपत्ती जनाएका छन् । ‘जुन विषयमा मलाई सरोकार नै छैन, थाहा नै नभएको कुरा हल्ला गरिएको छ’ गुरुङले भने–‘म आफै व्यवसायी हुँ, मलाई कुनै पनि सिण्डिकेट गर्नु जरुरी छैन ।’

कतार भिसा सेन्टरको नाम जोडेकोमा समेत गुरुङले असहमति जनाएका छन । उनले भने–‘कतार सरकारले निशुल्क सेवा दिन स्थापना गरेको क्यूभिसीमा प्रश्न गर्न आवश्यक नै छैन ।’

कोभिडले थलिएका व्यवसायीहरु अहिले सिण्डिकेटको हावाले हल्लिएका छन् जसमा कुनै सत्यता नभएको सम्बन्धित पक्षले प्रष्ट्याइसकेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *