भदौ १६ मेनपावर व्यवसायीको कालो दिन : एक बर्षका लागि धरौटी फिर्ता गर्न संघको माग

news-details

इराकस्थित अमेरिकन बेस क्याम्पमा बैदेशिक रोजगारीका लागि गएका १२ जना नेपाली नागरिकहरुको आतंककारी समूहबाट भएको बीभत्स हत्याको आक्रोशमा २०६१ भाद्र १६ गते भएको क्षतिलाई वैदेशिक रोजगार व्यवसायीले कालो दिनका रुपमा सम्झदै आएका छन् ।

त्यसयता वैदेशिक रोजगार व्यवसायीहरुले हरेक वर्ष भदौ १६ लाई कालो दिनकोरुपमा मनाउने गरेकोमा यसपटक कोभिड १९ का कारण कुनै पनि औपचारिक कार्यक्रम नराखिएपनि उक्त दिनलाई स्मरण गर्दै सरकारसँग एक बर्षका लागि आफुले राखेको धरौटी रकम फिर्ता गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले माग राखेको छ ।

संघका महासचिव सुजित श्रेष्ठले विज्ञप्ती नै जारी गर्दै अहिले कोभिड १९ का कारण व्यवसायीहरु भदौ १६ कै जस्तो पलायन हुनुपर्ने अवस्थामा पुगेको भन्दै संघले आजको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै वैदेशिक रोजगार व्यवसाय पुर्नस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएको जनाएका छन् ।

तत्कालिन अवस्थामा मेनपावर व्यवसाय तहसनहस हुँदा सरकारले पुर्नस्थापनाका लागि ब्यवसायीले राखेको नगद धरौटी एक वर्षको लागि सापटी दिएको तथ्य स्मरण गराउदै महासचिव श्रेष्ठले सरकार समक्ष भनेका छन्– ‘अहिले कोभिड १९ को महामारीले आक्रान्त हुन पुगेका ब्यबसायीहरुलाई बिगतको जस्तै नगद धरौटी एक वर्षको लागि सापटी दिई ब्यबसाय गर्ने बाताबरण बनाई पाउन सरकारसंग पुन माग गर्दछौ ।’
श्रेष्ठले भनेका छन –‘बिश्वब्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारणले यस वर्ष संघले कुनै सचेतना कार्यक्रम राखेका छैनौ ।’

भदौ १६ मा आक्रोशित भिडको निशानामा परेका मेनपावर कम्पनी माथि तोडफोड र आगजनी हुदा व्यवसायीहरुको करोडौ लगानीका साथै कार्यालय, सवारी साधन, कागजात तथा लाखौ पासपोर्टहरु जलेर खरानी हुदा मेनपावर व्यवसायीहरु पलायन नै हुने अवस्थामा पुगेका थिए ।

संघले विगतमा भदौ १६ का दिन आफ्ना कार्यालय बन्द गरेर विभिन्न सचेताना कार्यक्रम तथा सरकारको ध्यानाकर्षण गराउँदै आएको भएता पनि रोहन गुरुङको कार्यकालमा कुनै कार्यक्रम गरेको थिएन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *