अन्तर्राष्ट्रिय उडान शुरु भएपछि श्रम स्वीकृति खुल्ने,श्रमिक सूचना बैंकको उद्घाटन
- रोजगारमञ्च
- भदौ १४, २०७७
- 0

कोरोना भाइरसको महामारी फैलिएपछि बन्द भएको वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि खुल्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतवार भर्चुअल पत्रकार सम्मेलन गर्दै हवाई उडान शुरु भएपछि श्रम स्वीकृति सुचारु गर्ने तयारीमा रहेको बताए ।
‘अहिलेको परिस्थितिमा श्रम स्वीकृति दिने विषय मन्त्रीपरिषदमा विचाराधिन छ, श्रम गन्तब्य देशमा सहज हुनासाथ र अन्तर्राष्ट्रिय हवाई उडान शुरु भएपछि श्रम स्वीकृति सुचारु गछौं’ मन्त्री यादवले बताए ।
६ महिनादेखि श्रम स्वीकृति रोकिएको छ । यद्यपी सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने जनाएको छ । नियमित उडान भर्नेले अनिवार्य पिसिआर रिपोर्ट लिनु पर्ने बताइएको छ । मन्त्री यादवले नियमित उडान शुरु हुनु अगावै केही देशका लागि श्रम स्वीकृति खुल्ला गर्ने संकेत दिएका छन् ।
नियमित उडानतर्फ विदेशी एयरलाइन्समा मालिन्दो, कतार एयर, टर्किस एयर, क्याथे ड्रयागन, कोरियन एयर, चाइना साउर्दन, एयर चाइना, एयर अरेयिबा, फ्लाइ दुबई लगायतका १० वटा एयरलाइन्सले उडान अनुमति पाएका छन् । त्यसैगरी नेपाल एयरलाइन्सले जापन, मलेसिया, हङकङ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले चीनको छोङकुइन, मलेसिया र आबुधावीमा उडान गर्नेछ ।
श्रमिक सूचना बैंकको उद्घाटन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्लालयले आइतबारबाट औपचारिक रूपमा विभिन्न क्षेत्रका श्रमिकलाई समेट्ने गरी श्रमिक सूचना बैंकको उद्घाटन गरेको छ ।
मन्त्रालयले आर्थिक वर्ष २०७६ र ७७ मा सम्पादन गरेका कार्य प्रगति तथा चालु आव २०७७ र ७८ को लागि लक्ष्य घोषणा कार्यक्रमा बोल्दै मन्त्रालयका मन्त्री रामेश्वर राय यादवले श्रमिक बैंकको उद्घाटन हुन् ।
सबै क्षेत्रमा कार्यरत नेपाली मजदुरको तथ्याङ्क तथा जानकारी राख्नका लागि श्रमिक बैंक निकै महत्वपूर्ण निकाय रहेने जानकारी दिदै मन्त्री यादवले भने–‘ अहिलेसम्म श्रमिकहरु तथ्यांक कतै राखेको छैन, अव श्रमिक बैंकलेसबै तथ्यांक राख्नेछ ।’
औपचारिक तथा अनौपचारिक स्थानमा काम गर्ने सबै श्रमिकको तथ्याङ्क संकलन हुने मन्त्री रायको भनाइ छ ।
औपचारिक तथा अनौपचारिक, कृषि तथा अन्य क्षेत्रमा काम गर्ने मजदुरको कहिले कुनै श्रेणी दिएको छैन्,’ मन्त्री यादवले भने, ‘श्रमिक बैंकले अब जस्तो सुकै काम गर्ने मजदुरलाई आफ्नो काम अनुसार श्रेणी दिइनेछ ।’ मन्त्री यादवको अनुसार सबै क्षेत्रमा काम गर्ने मजदुरलाई प्रमाणपत्रबाट वञ्चित हुनेछैनन् ।
श्रमस्वीकृति नलिएका नेपाली फर्काउन सकिदैन :मन्त्री यादव
कोभिडको महामारीबाट प्रभावित भएर विदेशमा रहेका नेपाली स्वदेश फर्कन दवाव दिइरहँदा श्रम स्वीकृति नलिई गएका वा गैरकानूनी बनेका नेपालीलाई सरकारले फिर्ता गर्न नसक्ने श्रम मन्त्री यादवले बताएका छन् ।
‘सर्वोच्च अदालतको आदेश र निर्देशिकाले अनडकुमेण्टेड नेपालीलाई फर्काउन भनेको छैन’ मन्त्री यादवले भने–‘ समस्यामा परेका नेपालीलाई फर्काउने जिम्मेवारी राष्ट्रको हो तर निर्देशिकाले समेट्न नसकेका कारण ल्याउन सकिएको छैन ।’
मन्त्रालयले निर्देशिका नै परिमार्जन गर्न लागेको मन्त्री यादवको भनाई छ ।