रगत अभावमा वैदेशिक रोजगार व्यवसायीको साथ, ६२ जनाले गरे रक्तदान (भिडियोसहित)

news-details

काठमाडौंको सामाखुसी,चक्रपथ क्षेत्र आसपास रहेका वैदेशिक रोजगार व्यवसायीहरुले रगत अभावलाई केही हदसम्म पुर्ती गर्नका लागि रक्तदान कार्यक्रम गरेका छन् । व्यवसायीहरुको सामाजिक उत्तरदायित्व अनुसार स्वास्थ्य सावधानीका साथ रक्तदान कार्यक्रम आयोजना गरेको बताएका छन् ।

वैदेशिक रोजगार व्यवसायी एकता समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन् । विगतमा पनि रक्तदान कार्यक्रम गर्दै आएको एकता समितिले भिजन एण्ड भ्यालु ओभरसिज, नेपोलियन मेडिकल, नेपाल रक्तसंचार केन्द्र र रेडक्रसको सहकार्यमा शुक्रवार सामाखुशीमा रहेको स्काई पार्टी प्यालेसमा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

रक्तदान कार्यक्रममा मेनपावर कम्पनीका संचालक, कर्मचारी, स्थानीयवासीका साथै इच्छुकहरुको उल्लेख्य सहभागिता रहेको एकता समितिका अध्यक्ष हरि पाण्डे क्षेत्रीले जानकारी दिए ।

‘कोरोना संक्रमणको त्रासकाबीच अस्पतालहरुमा रगत अभावका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था देखिएपछि हामीले सयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका हौ’ पाण्डेले भने –‘एकता समितिले देशमा आइपरेका विभिन्न विपतिमा सहायता उपलब्ध गराउने कामदेखि यस्ता सामाजिक कार्यक्रमहरु गर्दै आएको छ, आगामी दिनमा पनि हामी यस कार्यलाई निरन्तरता दिनेछौ ।’

यस्तै आयोजक संस्था मध्येको भिजन एण्ड भ्यालु ओभरसिजका संचालक पदमराज पौडेलले आफ्नो संस्थाले विगतदेखि नै रक्तदान कार्यक्रम गर्दै आएको जानकारी दिदै अहिले कोरोना संक्रमणका कारण ब्लड बैंकहरुमा रगतको चरम अभाव भएको पाइएपछि २४ घण्टाको आकस्मिक तयारीकाबीच रक्तदान कार्यक्रम गर्न सफल भएको बताए ।

पौडेलले कोरोना संक्रमणको त्रासका कारण अहिले विश्व नै आक्रान्त भएको अवस्थामा विदेशमा रहेका नेपालीहरुको सुरक्षा र उनीहरुको सहायताका लागि वैदेशिक रोजगार व्यवसायीहरुमा थप चिन्ता थपिइरहेको बताए ।

अहिले नियमितरुपमा चाहिने रगत अभाव भइरहेको अवस्थामा एकता समितिले रक्तदान कार्यक्रम गरेर सहनीय कार्य गरेको रक्तसंचार केन्द्रकी चन्दा गिरीले बताइन् ।

हेर्नुहोस पुरा भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *