नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन, अध्यक्षमा देबकोटा

news-details

वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा रहेका महिला व्यवसायीहरुले आफ्नो छुट्टै संस्था स्थापना गरेका छन । राजधानीको लाजिम्पाटमा भएको महिला व्यवसायीहरुको भेलाले सीतादेवी देवकोटाको अध्यक्षतामा नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघ गठन गरेको हो ।

गल्फ लिंक ओभरसीज प्रालिकी संचालक देवकोटाको अध्यक्षतामा गठन भएको एघार सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा एसआरएस म्यानपावर प्रालिकी सञ्चालक सुभद्रा देवी बराल र अरोमा इटरनेशनल प्रालिकी सञ्चालक प्रतिमा महर्जन, महासचिवमा मदिना इन्टरनेशनल प्रालिकी सञ्चालक सुवर्ण श्रेष्ठ, सचिवमा लुम्बिनी दर्शन प्रालिकी सञ्चालक माधुरी मुडवरी पौडेल, कोषाध्यक्षमा सुपर्व फर अल्टिमेट प्रालिकी सञ्चालक चन्द कमल श्रेष्ठ र सहकोषाध्यक्षमा एस एलडी म्यानपावर प्रालिकी सञ्चालक सरस्वती गुरुङ चयन भएकी छन ।

यस्तै सदस्यहरुमा  अलकर्निस म्यानपावर प्रालिकी सञ्चालक हिरादेवी बुढाथोकी, अक्टुपस रिक्रमेन्ट प्रालिकी सञ्चालक सुनिता कर्माचार्य, नारायणी ओभरसीज प्रालिकी सञ्चालक हेमा गुरुड र प्यासिफिक प्रालिकी सञ्चालक गंगा कमारी पुन चयन भएकी छन ।

वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा स्थापित विभिन्न संघसंस्थाहरुले महिला व्यवसायीहरुलाई पाखा लगाउने गरेको र महिला व्यवसायीका समस्याहरु सम्वन्धित निकायमा उठाउन कन्जुसाई गरेका कारण आफुहरु नै आफ्ना आवाज बुलन्द पार्न एकजुट भएको नवनिर्वाचित अध्यक्ष देबकोटाले बताइन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *