मलेसियाका श्रमिकको सारथी हार्भेष्टमुन ट्राभल, दियो निःशुल्क ५५ टिकट

news-details

मलेसियामा समस्यामा परेका नेपाली श्रमिकलाई काठमाडौंमा रहेको हार्भेष्टमुन ट्राभल एण्ड टुर्सले स्वदेश फर्कनका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ ।

मलेसियाको जेल र डिटेन्सन केन्द्रहरुमा रहेका ५५ जना नेपालीहरुलाई घर फर्कन उक्त ट्राभल एण्ड टूर्सले हवाई टिकट उपलब्ध गराएको हो । कोभिड १९ का कारण आफै बन्द रहँदासमेत मलेसियामा समस्यामा परेका नेपालीहरुको सारथी बनेकोमा पीडितहरुले ट्राभललाई धन्यवाद दिएका छन् ।

पैसा नभएर वा समस्यामा परेर स्वदेश फर्कन नसकेका नेपालीलाई सरकारले निशुल्क फर्काउने निर्णय गर्दासम्म कार्यन्वयनमा नआएपछि हार्भेष्टमुनले हवाई टिकट उपलब्ध गराएको संचालक राम श्रेष्ठले जानकारी दिए ।

मलेसियास्थित नेपाली राजदूतावासका अनुसार हालसम्म १२६ जना नेपालीहरु नागरिकहरु नेपाल फर्किसकेको र थप ७५ जना नेपाली नागरिकहरु नेपाल फर्कन लागेको हो ।

ती मध्ये ५५ जनालाई हार्भेस्ट ट्राभलले सामाजिक उतरदायित्व अन्तर्गत हवाई टिकट निःशुल्क उपलब्ध गराएको हो । सरकारले तोकेको चार्टर्ड हवाई भाडादर अनुसार ५५ जनाको टिकटको मुल्य २५ लाख रुपैयाँ बाराबर हुने ट्राभलले जनाएको छ ।

समस्यामा परेका श्रमिकलाई विगतमा पनि सहयोग गर्दै आएको हार्भेष्टमुन ट्राभल नेपालको उत्कृष्ट ट्राभल्सकारुपमा चिनिन्छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *