प्रगतिशिल र गणतान्त्रिक मञ्चबीच एकिकरण, संयोजकमा भान्तनासहितले लिए सपथ

news-details

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चबीच एकिकरण भएको छ । एकिकरण पश्चात रामप्रसाद भान्तनाको संयोजकत्वमा बनेको प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको नयाँ कार्यसमितिले सपथ लिएको छ ।

नेकपा कार्यालय धुम्बाराहीमा शुक्रवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा नेकपाका नेता रामेश्वर राय यादबले नयाँ कार्यसमितिलाई सपथ गराएका छन् । नयाँ कार्यसमितिमा भान्तना संयोजक, राजेन्द्र भण्डारी सहसंयोजकसहित ५६ जना रहेका छन् ।

तत्कालिन नेकपा एमाले समर्थक प्रगतिशिल मञ्च र माओवादी समर्थक गणतान्त्रिक मञ्च पार्टी एकिकरण पश्चात एक भएका हुन् । संयोजक भान्तना गणतान्त्रिक मञ्चका हुन् भने सहसंयोजक भण्डारी प्रगतिशिल मञ्चका हुन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघकोगत निर्वाचनमा नेकपा समर्थित व्यवसायी एक भएर लडे पनि काँग्रेस समर्थित लोकतान्त्रिक धारका व्यवसायीले ‘क्लिन स्वीप’ गरेका थिए ।

हेरौ नयाँ कार्यसमिति :

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *