प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले सरकारद्धारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३५ लाख रुपैया नगद सहयोग प्रदान गरेको छ ।

नेकपा समर्थित वैदेशिक रोजगार व्यवसायीहरुको संस्था प्रगतिशिल मञ्चले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेललाई भेटेर उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चले बरिष्ठ व्यवसायी हेम गुरुङको संयोजकत्वमा आर्थिक समिति गठन गरी व्यवसायीहरुबाट उक्त रकम संकलन गरेको थियो ।

कोरोना कोषमा प्रगतिशिल मञ्चको ३५ लाख सहयोग, व्यवसायीको मर्का बुझिदिन उपप्रम पोखरेलको ध्यानाकर्षण

सो अवसरमा मञ्चका संयोजक रामप्रसाद भान्तनासहितको टोलीले वैदेशिक रोजगार व्यवसायीहरुले भोग्दै आएका समस्या समाधानका लागि उपप्रम पोखरेलको ध्यानाकर्षण गराउदै ज्ञापनपत्रसमेत बुझाएका थिए ।

पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा देखापरेको समस्याका तथा कोभिड १९ का कारण उत्पन्न परिस्थितीले कुल ८५३ मेनपावर कम्पनी, यसमा कार्यरत १२ हजारभन्दा बढी कर्मचारी तथा यो व्यवसायसँग जोडिएका अन्य व्यवसायको क्षेत्र धरापमा परेको भन्दै मञ्चले राहत र संरक्षकत्वका लागि सरकारलाई आग्रह गरेको हो ।

मञ्चले ज्ञापनपत्रमा मेनपावर कम्पनी नविकरणका लागि १ सय जना कामदार पठाउनैपर्ने प्रावधान ऐनबाटै संशोधन गरेर हटाउन, इजाजतपत्र धितो राखि बैक ग्यारेन्टी बराबरको रकम व्यवसायीक कर्जाका रुपमा उपलब्ध गराउन, व्यववसायीलाई यसै व्यवसायसँग सम्वन्धित अन्य व्यवसाय गर्नबाट लगाइएको रोक फुकाउन तथा हाल लिइरहेको १० हजार सेवा शुल्कलाई अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिष्पर्धा गर्न सकिने गरी न्यूनतम १ महिना बराबरको लिन पाउने व्यवस्था गरिदिन पहलका लागि अनुरोध गरेको छ ।

कोरोना कोषमा प्रगतिशिल मञ्चको ३५ लाख सहयोग, व्यवसायीको मर्का बुझिदिन उपप्रम पोखरेलको ध्यानाकर्षण

सो अवसरमा मञ्चका संयोजक रामप्रसाद भान्तनासहित आर्थिक संयोजक हेम गुरुङ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्षहरु दिल प्रसाद पोखरेल, प्रेम बहादुर कटुवाल र बल बहादुर तामाङ, वरिष्ठ व्यवसायी पदमराज पौडेल, मञ्चका सहसंयोजक राजेन्द्र भण्डारी, मञ्चका पूर्व अध्यक्षहरु नरेश गेलाल, टंक बहादुर राउत, हरि बहादुर पाण्डे क्षेत्री, पूर्व उपाध्यक्ष सुवर्ण श्रेष्ठ, मञ्चका पूर्व महासचिव डिक बहादुर खत्री ‘कुमार’, व्यवसायी हरिश कुँवर, हेमन्त जोशी, कुन्छा दोर्जे लामालगायतका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

कोरोना कोषमा प्रगतिशिल मञ्चको ३५ लाख सहयोग, व्यवसायीको मर्का बुझिदिन उपप्रम पोखरेलको ध्यानाकर्षण

कोरोना कोषमा प्रगतिशिल मञ्चको ३५ लाख सहयोग, व्यवसायीको मर्का बुझिदिन उपप्रम पोखरेलको ध्यानाकर्षण