तत्काल कोरिया जाने वातावरण बनाइदिन भन्दै माइतीघरमा प्रदर्शन
- असार २४, २०७७
- 0

इपिएस प्रणाली अन्तर्गत सम्पूर्ण प्रक्रिया पुरा गरी दक्षिण कोरिया जान प्रतिक्षारत युवाहरुले काठमाडौको माइतिघरमा विरोध प्रदर्शन गरेका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सम्पूर्ण प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएकाहरुले अभिलम्ब जाने वातावरण बनाइदिन माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।
यसरी प्रक्रिया पुरा गरेर कोरिया जान तयार रहेकाहरु झण्डै चार हजार भन्दा बढी रहेका छन । उनीहरूले समयमै कोरिया जान नपाए रोजगारी गुम्ने खतरा रहेको भन्दै सरकारलाई तत्काल दक्षिण कोरियाको उडान सुरु गरेर आफूहरूलाई छिटो कोरिया जाने वातावरण बनाइदिन माग राखेका छन् ।
अहिले सरकारको ध्यानाकर्षण गराउन थोरैको संख्यामा उपस्थित भएर विरोध प्रर्दशन गरेको भन्दै यी युवाहरुले आफ्ना मागहरुप्रति वेवास्था भए प्रक्रिया पुरा गरेर प्रतिक्षारत सबै भेला भएर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।