वैदेशिक रोजगार बोर्डको सदस्यमा नबस्ने गुरुङको निर्णय

‘मेराबारे अनर्गल प्रचार भयो’– गुरुङ
news-details

वैदेशिक रोजगार बोर्डको सदस्यमा मनोनित भएका बरिष्ठ बैदेशिक रोजगार व्यवसायी हेमबहादुर गुरुङले तत्कालका लागि वोर्डको सदस्यमा नबस्ने निर्णय गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई असमर्थता पत्र बुझाएका छन् ।

मन्त्री यादवले गत आइतबार बोर्डमा मेनपावर ब्यवसायीकातर्फबाट एसओएस म्यानपावर सर्भिसका अध्यक्ष गुरुङलाई मनोनित गरेका थिए । अहिले कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको असर, वैदेशिक रोजगार व्यवसायमा आएको जटिलताका साथै व्यक्तिगत कारण देखाउँदै गुरुङले वोर्डको सदस्यमा रहेर काम गर्न नसक्ने उल्लेख गरेका छन् ।

वोर्डमा मेनपावर व्यवसायीका रुपमा सदस्य मन्त्रीले मनोनित गर्न पाउने प्रावधान छ । गुरुङ यसअगाडि पनि वोर्ड सदस्य भएर काम गरिसकेका छन् । यद्यपी पछिल्लो समय गुरुङका बारेमा अनर्गल तथा भ्रामक समाचार आउन थालेपछि उनी तनावमा थिए । वैदेशिक रोजगारको क्षेत्रमा राम्रो र व्यवसायिक व्यक्तिका रुपमा चिनिएका गुरुङले व्यवसायीहरुका पक्षमा धेरै काम गरेका छन् ।

उनले भनेका छन्–‘वोर्डमा बसेर विगत २ बर्ष काम गरेको अनुभवले थप काम गर्ने इच्छा हुँदा हुँदै पनि अहिलेको अवस्थामा वोर्ड सदस्य रहन असमर्थ छु ।’ वोर्ड सदस्यमा मनोनित भएको आधिकारिक जानकारी आइनसकेता पनि सञ्चारमाध्यममार्फत जानकारी पाएको गुरुङको भनाई छ । ‘वास्तविकता नबुझी भ्रामक तथा अनर्गल प्रचार हुन थालेपछि मलाई धेरै नमज्जा लागिरहेको छ’ उनले रोजगार मञ्चलाई भने–‘ सरकारलाई सहयोग गर्न मन हुँदाहुँदै पनि मलाई नराम्रोजस्तो बनाइयो, यो सैह्य भएन ।’

वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा गुरुङ अग्रज र सबैका प्रेरक व्यवसायीका रुपमा चिनिन्छन् । उनले संचालन गरेको मेनपावर सरकारद्धारा प्रदान गरिने सर्वोत्कृष्ट मेनपावरबाट पुरस्कृत हुने पहिलो मेनपावर हो ।

सबैभन्दा धेरै कामदार राम्रो रोजगार गन्तब्यमा पठाउने एसओएस मेनपावरको अहिले कुनै पनि उजुरी वैदेशिक रोजगार विभागमा नरहेको विभागले जनाएको छ । कतार भिसा सेन्टरको नाम जोडेर गुरुङलाई देखाइएता पनि उक्त व्यवस्था कतार सरकार आफ्नै रहेको यस अगाडि नै पुष्टी भइसकेको छ ।

गुरुङको मनोनयनले उत्साही भएका मेनपावर व्यवसायी अहिले उनको राजिनामाबाट निरुत्साहित भएका छन । यद्यमी उनले बाहिरनै रहेर भएपनि वोर्डको काममा सहयोग गर्ने बताएका छन् ।

यता श्रममन्त्री रामेश्वरराय यादवले गुरुङलाई राजिनामा नदिन आग्रह गरेका छन् । यद्यपी गुरुङले मन्त्रीलाई ‘कन्भिन्स’ गर्ने बताएका छन् ।

श्रम मन्त्रीको अध्यक्षता रहने बोर्डमा सदस्यका रुपमा गुरुङसँगै नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का मनोनित भएका छन् । बोर्डमा व्यवसायीको तर्फबाट यसअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरे र संघको सिफारिसमा कोषाध्यक्ष इन्दिरा गुरुङले बोर्डको प्रतिनिधित्व गरिरहेका छन् । हाल बोर्डमा अध्यक्षसहित २५ जना सदस्य रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *