वैदेशिक रोजगार व्यवसायीहरुद्धारा आन्दोलनको घोषणा, संघले गरायो विभागको ध्यानाकर्षण

news-details

वैदेशिक रोजगार व्यवसायीहरुले मेनपावर कम्पनीको नविकरण सम्वन्धमा सरकारले कुनै सुनुवाई नगरेको भन्दै मंगलबारबाट चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका छन ।

व्यवसायीहरुको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विगत १० महिनादेखि नविकरणका लागि व्यवसायीहरुले राख्दै आएको मागमा विभाग, मन्त्रालय र सरकारले आर्थिक वर्ष समाप्त हुनै लाग्दासमेत कुनै सम्वोधन नगरेकाले आन्दोलनका कार्यक्रम घोषणा गरेको जनाएको छ ।

संघका अध्यक्ष विष्णुप्रसाद गैरेले वैदेशिक रोजगार विभागमा एक ज्ञापनपत्र बुझाउदै बुझाउँदै मंगलबारबाट चरणवद्ध आन्दोलन सुरु गर्ने र तत्काल मागको सम्वोधन नभएमा कडा संघर्षमा उत्रने बताएका छन । यस्तै महासचिव सुजित कुमार श्रेष्ठले मंगलबार सबै व्यवसायीहरुलाई बुद्धनगरस्थित विभाग परिसरमामा भेला हुन पनि आब्हान गरेका छन ।

वैदेशिक रोजगार विभागले मेनपावर कम्पनी नविकरणका लागि वैदेशिक रोजगार ऐन, २०६४ मा केहि नेपाल ऐन संशोधन गर्ने ऐन २०७५ ले व्यवस्था गरेबमोजिम एक आर्थिक वर्षमा १ सय जना कामदार पठाएको प्रमाणित विवरणसहितका कागजात पेश गर्न सुचना निकालेपछि व्यवसायीहरु अलमलमा परेका छन ।

लामो समय मलेसिया रोजगारी बन्द रहदा र त्यसलगत्तै सुरु भएको कोरोना संक्रमणका कारण देश लकडाउनमा जादा अधिकांश मेनपावर कम्पनीले कामदार पठाउनै सकेका छैनन । यदी यो व्यवस्थालाई यथावत रहेमा ५ सयभन्दा बढी मेनपावरको नविकरण हुने छैन ।

यस्तो विषम परिस्थितीमा नविकरण रोक्नेगरी संख्या अनिवार्य नगर्न भन्दै व्यवसायीका विभिन्न संघ संस्थाहरुले श्रम मन्त्री, सरकारका विभिन्न निकाय, राजनैतिक दलका नेताहरुलाई भेटेर आग्रह गरेपनि अझसम्म यसको सम्वोधन हुन सकेको छैन ।

श्रम मन्त्री रामेश्वर राय यादवले यसअघि नै व्यवसायीको मागलाई मन्त्रीपरिषदमा पेश गरेको बताएपनि आर्थिक वर्ष सकिनै लाग्दासमेत कुनै निर्णय नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको संघले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *