प्रगतिशिल वैदेशिक रोजगार व्यवसायीको मागमा अर्थमन्त्री सकारात्मक

news-details

अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले वैदेशिक रोजगार व्यवसायीका तत्कालका समस्यालाई संवोधन गर्नका लागि १३ बूँदे माग राखेको छ ।

मञ्चका संयोजक रामप्रसाद भान्तनाको नेतृत्वमा शुक्रवार अर्थमन्त्री डा. खतिवडालाई भेटेर आफ्ना मागपत्र हस्तान्तरण गरेका छन् । अर्थ मन्त्रालयले वैदेशिक रोजगार व्यवसायी र यस क्षेत्रका तत्कालका समस्या समाधानमा चाल्नु पर्ने कदमका विषयमा छलफल सकारात्मक भएको मञ्चका संयोजक भान्तनाले रोजगार मञ्चलाई जानकारी दिए ।

मञ्चले बार्षिक एकसय कामदार पठाउनै पर्ने प्रावधान हटाउन, राहतस्वरुप निश्चित ब्यवसायिक कर्जा उपलब्ध गराउन, मेनपावर व्यवसायीले अन्य व्यवसाय संचालन गर्न पाउने व्यवस्था गर्न, सेवा शुल्क निर्धारण गर्न, कोरोना भाइरसका कारण समस्यामा परेका व्यवसायीलाई राहतका प्याकेज उपलब्ध गराउनेलगायतका माग अर्थमन्त्री समक्ष राखेको संयोजक भान्तनाले बताए ।

मञ्चका मागका बारेमा अर्थमन्त्री सकारात्मक रहेको र अव आउने मौद्रिक नीतिमा समावेश गर्ने आश्वाशन दिएको संयोजक भान्तनाको जानकारी दिए । ‘व्यवसायीका मागका बारेमा जानकार अर्थमन्त्रीले बार्षिक एक सय कामदार पठाउनै पर्ने व्यवस्था हटाउन सकारात्मक देखिनुभएको छ’ संयोजक भान्तनाले जानकारी दिए ।

अर्थमन्त्रीसँगको छलफलमा मन्चका सहसम्योजक राजेन्द्र भण्डारी , सस्थापक अध्यक्ष सरोज पोखरेल, पूर्वअध्यक्षद्वय बलबहादुर तमाङ , हरी बहादुर पाण्डे क्षेत्री निवर्तमान महासचिव डिक बहादुर खत्री (कुमार) उपमहासचिव गोबिन्द कटवालको उपस्थिति रहेको थियो ।

केही दिन अगाडि मात्र नेपाली काँग्रेसले समेत अर्थमन्त्रीलाई मेनपावर व्यवसायीका मागका बारेमा जानकारी गराएको थियो ।

 

वैदेशिक रोजगार व्यवसायीहरूलाई धरौटीको ५० लाख फिर्ता दिन अर्थमन्त्री सकारात्मक

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *